जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नयाँ मन्त्रीहरुको सपथपछि २३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

नयाँ मन्त्रीहरुको सपथपछि २३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

नव नियुक्त मन्त्रीहरुले आज सपस्थ लिएपछि मन्त्रिपरिषद्  २३ सदस्यीय बनेको छ । जसमा ४ उपप्रधानमन्त्री रहेका छन् भने ३ जना राज्य मन्त्री रहेका छन् ।

यस अघि नै ३ उपप्रधानमन्त्री नियुक्त भएका थिए भने आज राजेन्द्रप्रसाद लिङ्देनले पनि उपप्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् । यद्यपि अझै मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । अब थप २ मन्त्री नियुक्त गर्न बाँकि रहेको छ ।  वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा  हाल मन्त्री नियुक्त गरिएको छैन । हालको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै यी २ मन्त्रालय सम्हाल्ने छन् ।

यस्तो छ मन्त्रिपरिषदका सदस्यको कार्य विभाजन :

प्रधानमन्त्री

पुष्पकमल दाहाल “प्रचण्ड” – वन तथा वातावरण ,युवा तथा खेलकुद

उपप्रधानमन्त्रीहरु

विष्णुप्रसाद पौडेल-अर्थ

नारायणकाजी श्रेष्ठ-भौतिक पूर्वाधार तथा यातायात

रबि लामिछाने-        गृह

राजेन्द्रप्रसाद लिङ्देन-ऊर्जा, जलस्रोत तथा सिँचाई

मन्त्रीहरु

रेखा शर्मा-सञ्‍चार तथा सूचना प्रविधि

विक्रम पाण्डे-सहरी विकास

ज्वाला कुमारी साह-कृषि तथा पशुपंक्षी विकास

दामोदर भण्डारी-उद्योग, वाणिज्य तथा आपूर्ति

राजेन्द्र कुमार राई-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

अब्दुल खान-खानेपानी

डा. विमला राई पौड्याल-परराष्ट्र

पदम गिरी-स्वास्थ्य तथा जनसङ्‌ख्या

भगवती चौधरी-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

हरिप्रसाद उप्रेती-रक्षा

सुदन किराती- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

अमनलाल मोदी-सङ्घीय मामिला तथा सामान्य प्रशासन

शिशिर खनाल-शिक्षा, विज्ञान तथा प्रविधि

डोलप्रसाद अर्याल-श्रम, रोजगार तथा सामाजिक सुरक्षा

ध्रुवबहादुर प्रधान-कानुन, न्याय तथा संसदीय मामिला

राज्यमन्त्रीहरु

सुशिला सिर्पाली ठकुरी-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

डा. तोसिमा कार्की-स्वास्थ्य तथा जनसङ्‌ख्या

दिपक बहादुर सिंह-  ऊर्जा, जलस्रोत तथा सिँचाई

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका