जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आजबाट, ब्याज दर साढे ८ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आजबाट, ब्याज दर साढे ८ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंकले बजार दरभन्दा बढी ब्याज दिने गरी आजबाट ऋणपत्र निष्कासन गरेको छ। ऋणपत्रको ब्याज दर साढे ८ प्रतिशत छ।

अहिले बैंकहरुको एक वर्षे मुद्दती निक्षेपको ब्याज दर साढे सात प्रतिशत छ। २ वर्षेको ८ प्रतिशतसम्म छ।

२०८४ सालमा परिपक्व हुने ऋणपत्र खरिदका लागि माघ २० गतेभित्र आवेदन दिइसक्नु पर्छ। बैंकको ऋणपत्र खरिदका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँ छ।

बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ। ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुले किन्ने छन्। बाँकीमा सर्वसाधारणको दाबी हुने छ।

8850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका