जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टर बाट सहजै भुक्तान गर्न सकिने भएको छ। कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको कम्पनीले जनाएको छ। यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ।

यस अघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको कम्पनीले जनाएको छ।

7620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?