जोडिनुहोस
शनिबार, बैशाख १३, २०८२
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • एलआईसी (नेपाल)को प्रथम बीमा शुल्क नै नक्कली

एलआईसी (नेपाल)को प्रथम बीमा शुल्क नै नक्कली

नेपालका स्थापित जीवन बीमा कम्पनीहरुले समेत आफ्नो पूरानो साख बचाउने नाममा कति सम्म बदमासी गर्दछ भन्ने कुराको पुष्टी नेपालको ठूलो बीमा कम्पनी एलआईसी नेपालको नक्कली प्रथम बीमा शुल्कबाटै प्रस्ट भएको छ ।
बीमा कम्पनीले असार मसान्तमा बीमा समितिमा पठाएको वित्तिय विवरण डरलाग्दो र नेपालको अर्थतन्त्रलाई नै तहसनहस पार्ने औजार प्रयोग गरेको भेटिएको छ ।

नेपालका बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरिद गर्दा त्यसको प्रिमियम १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरि खरिद गरेका हुन्छन । यसबाट जीवन बीमा कम्पनीहरुको वित्तिय विवरणमा देखाउने तरिका फरक÷फरक हुन्छ ।

यही कुरामा टेकेर नेपालको एलआईसी नेपालले गत वर्ष २०७५÷०७६ को (रिनवल) रिनो गरिएको बीमा लेखको प्रथम बीमा शुल्क २०७६÷०७७ को वित्तिय विवरणमा राखी प्रथम बीमा शुल्क बढि देखिएको भेटिएको छ ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पनि गत वर्ष २०७५÷०७६ को रिनोबल बीमा शुल्क करिब १ अर्ब हाराहारीको रकम २०७६÷०७७ को प्रथम बीमा शुल्कमा जोडी ४ अर्ब ५७ करोड प्रथम बीमा शुल्क उठाएको नक्कली वित्तिय विवरण बीमा समितिमा पठाएको खुलेको छ । यसै कारण गत विहिबार एलआईसी नेपालको शेयर ५४ अंकले बढेको देखिन्छ ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको वित्तिय विवरण तत्कालै छानवीन हुनुपर्ने आवज उठेको छ । बीमा समितिबा अध्यक्ष चिरनजीवी नेपाल ज्यू ? हेक्का होस् ।

नयाँ जीवन बीमा कम्पनीहरु बजारमा आक्रमक भएर आएपछि पूरानो बीमा कम्पनीहरुले गतवर्षको बीमा शुल्कलाई प्रथम बीमा शुल्कमा हिसाब राखी आफ्नो पूराना साख बचाउने जुन काम भएको छ । यो सरासर गलत हो । यसको छानवीन तत्कालै हुनु जरुरी छ । गत विहिवार जीवन बीमा कम्पनीहरुको वित्तिय विवरण आएपछि जीवन बीमा कम्पनीहरुको शेयर अचम्मले बढेको देखिएको छ । सचेत भया ।

12275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका