जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकले रद्द गर्यो दुई मनी चेन्जर कम्पनीको लाइसेन्स

राष्ट्र बैंकले रद्द गर्यो दुई मनी चेन्जर कम्पनीको लाइसेन्स

नेपाल राष्ट्र बैंकले दुई मनि चेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज र ठमेलमा रहेको केटीए. ओम मनी एक्सचेन्जको इजाजतपत्र रद्द गरेको हो ।

दुवै कम्पनीले तोकिएको समयमा नवीकरण नगरेका कारण इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
‘नेपाल राष्ट्र बैंक मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनी चेन्जरहरूको इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार २ कम्पनीको इजाजतपत्र रद्द गरीएको छ,’ राष्ट्र बैंकले सूचनामा भनेको छ ।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका