जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पद जोगाउन पौड्याल पुगे अर्थमन्त्री खतिवडा निवास

पद जोगाउन पौड्याल पुगे अर्थमन्त्री खतिवडा निवास

सुन्दा पनि अचम्म लाग्ने हेर्नेलाई भन्दा आफैलाई लाज लाग्ने काम मुलुकका अर्थमन्त्री डा.युवराज खतिवडाबाटै हुनु आफैमा लाजमर्दो पक्ष हो । नेपालको सधै विवाद नै विवादमा फस्दै आएको माडवाडी समुदायको लगानी रहेको सनराईज बैंक लिमिटेड फेरि चरम विवादमा फसेको देखिन्छ ।

केही दिन अगाडी सनराईज बैंकका सीइओ जनक शर्मा पौड्याललाई बैंक सञ्चालक समितिले ६ वटा प्रश्नमा तीन दिन भित्र स्पष्टिकरण सोधेपछि आफ्नै बैंकमा कार्यरत अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक खतिवडा मार्फत बैंकका सीइओ जनक शर्मा पौड्याल अर्थमन्त्री निवास पुगेको समाचार स्रोतको दाबी छ ।

सनराईजका सीइओ पौड्यालले आफूलाई सञ्चालक समितिले हटाउन स्पष्टिकरण सोधेको भन्दै अर्थमन्त्री खतिवडासंग गुनासो पोखेपछि अर्थमन्त्री डा.खतिवडाले राष्ट्र बैंकमा फोन गरी दुबै पक्षलाई बोलाएर समस्या समाधान गर्दै जनक शर्मा पौड्यालको पक्षमा निर्णय लिन मौखिक निर्देशन नै दिएको समाचार उच्च स्रोतले पंक्तिकारलाई बतायो ।

सनराईज बैंक लिमिटेडका बोर्ड सदस्यहरु र सीइओ जनक शर्मा पौड्याललाई राष्ट्र बैंक बोलाउनुको कारण बारे प्रश्न गर्दा राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले भनेः– बैंक सञ्चालक समिति र सीइओको विवाद बारे यथार्थ के हो भनी दुबै पक्षलाई आईतबार ११ बजे राष्ट्र बैंक बोलाएको बताए ।

विहिबार सीइओ पौड्याल र बैंक सञ्चालक समिति बीच चर्काचर्की परेपछि सञ्चालक समितिको निर्णयले सीइओ पौड्याललाई स्पष्टिकरण सोध्ने निर्णय भएको एक सञ्चालकले पंक्तिकारसंग बताए । सो दिन विहिबार जनक शर्मा पौड्यालले अध्यक्ष मोतीलाल दुगडलाई राजीनामा दिएको र राजीनामा स्वीकृत हुने डरले सीइओ पौड्यालले राष्ट्र बैंक गुहारेको ती सञ्चालकले दाबी गरे ।

एक सञ्चालकले भने सीइओ राख्ने हटाउने कुरा बैंक बोर्डको हो । राष्ट्र बैंकले सम्झाउने कुरा होला । हामी कुनै हालतमा अब जनक शर्मा पौड्याललाई सीइओ राख्दैनौ जबरजस्ती गरी पदमा बसी रहन पाइदैन नि । सनराईज बैंकमा के के र कस्ता काण्ड र समुह छन् ।

सीइओको गुट !
प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल पक्षधरका अनुसार, सञ्चालक समितिमा दुई वटा समूह छ । एउटा समूहको नेतृत्व अध्यक्ष मोतिलाल दुगडले गर्छन् भने अर्को पक्षको नेतृत्व उनका भतिज एवं बैंकका सञ्चालक मालचन्द दुगडले गर्दै आएका छन् । काका भतिजा बीच घरयासी कारणले विगत १ दर्शक देखि सम्बन्ध राम्रो छैन ।

सर्वसाधारण सेयरधनीबाट सञ्चालक बनेका ऊर्जाका मालिकका शैलेन्द्र गुरागाइँलाई अध्यक्ष दुगडका मतिजा मालचन्दले प्रयोग गर्छन् । गुरागाईको पक्षमा लागेर मालचन्दले आफू अध्यक्ष बन्न चाहेको बैंक उच्च स्रोतको दाबी छ ।
मोतिलाल दुगड भने अध्यक्ष पद कुनै पनि हालतमा छाड्ने पक्षमा छैनन्। त्यसो भए प्रमुख कार्यकारी अधिकृतले राजीनामा गर्नु पर्ने सर्त गुरागाइँ पक्षले राखेको स्रोतको दाबी छ ।

सीइओलाई गुरागाइँ पक्षले प्रमुख कार्यकारी बनाएको थियो। प्रमुख कार्यकारी बनेपछि सीइओ पौड्यालले अध्यक्ष दुगडको पक्षमा लगी अन्य सञ्चालकको कुरा नसुनेको गुरागाईको पक्षका भनाई छ ।

पौड्याल प्रमुख कार्यकारी अधिकृत हुनुअघि बैंकले निरज श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठलाई अध्यक्ष दुगड पक्षले नियुक्त गरेको भन्दै गुरागाई पक्षले लफडा गरेका थियो । त्यो लफडाका कारण बैंकर निरज श्रेष्ठले हाजिर नै नगरि बैंक छाडेका थिए । उनले छाडेपछि जनक शर्मा पौड्याल प्रमुख कार्यकारी बन्न नाटकीय रुपमा सफल भएका थिए ।
गुरागाई के चाहान्छन् ?

प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल सनराइजमा सृजना फाइनान्स गाभ्ने विपक्षमा छन् । उनले सञ्चालक समितिले भनेको काममा सधैं असहयोग गरेका छन्। त्यही भएर स्पष्टीकरण सोध्न बाध्य हुनु परेको गुरागाई पक्षको दाबी छ ।

के गदर्छ त अब राष्ट्र बैंकले ?
राष्ट्र बैंकले सीइओ र सञ्चालक बोलाउनु बैंक हस्तक्षेप गर्नु सरह हो । अहिले दुवै पक्ष आत्तिएका छन् । कारण हो बैंक नै राष्ट्र बैंकले लिने हो कि भनेर । सञ्चालक समितिले प्रमुख कार्यकारीलाई स्पष्टीकरण सोधेको र त्यससँगै मिडियामा बैंकको बारेमा समाचार भएको भन्दै राष्ट्र बैंकले दुबै पक्षलाई बोलाएको बुझिएको छ ।

विगतमा बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर केही सञ्चालकले निकै असन्तुष्टि जनाएपछि श्रेष्ठले नियुक्ति लिन मानेनन् । पछि पौड्याललाई नियुक्त गर्ने बेलामा भने सबै सञ्चालकको सहमति जुटेको थियो रे । यो चर्चा बाहिर आए पनि आज फेरि पानीको घैटो फुटेको छ ।

विगत केही महिनादेखि भने बैंकका सञ्चालक मालचन्द दुगडले सीईओ पौड्यालप्रति केहि असन्तुष्टि जनाउँदै आएका थिए । तर, पौड्यालको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगडले सधैं साथ दिएपछि विवाद छताछुल्ल भएको देखिन्छ ।
अध्यक्ष र सीईओ मिलेर कामहरु आफूखसी गर्न खोजिएको भन्ने विषयको बिवादले उग्र रुप लिँदा सीईओ पौड्यालले राजिनामा दिएका हुन् । यो विषय बाहिर आएपछि राष्ट्र बैंकले समाधानका लागि भन्दै छलफलमा बोलाएको एक सञ्चालकको दाबी छ ।

नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको अधिकार खोस्न मिल्दैन । सीइओले सञ्चालक समितिको निर्णय मान्नु पर्दछ । होइन भने सञ्चालक समिति र व्यवस्थापन टिम खारेज गर्दै राष्ट्र बैंकले सनराईज बैंकमा हस्तक्षेप गर्नु पर्ने देखिन्छ । किनकी सनराईज बैंकमा ७० प्रतिशत जनताको र ३० प्रतिशत मात्रै प्रमोटरहरुको पैसा छ । जनताको पैसाको संरक्षण गर्ने दायित्व राष्ट्र बैंकको हो । गर्भनर साब, व्यक्ति को आउँछ को जान्छ । त्यो ठूलो कुरा पक्कै होइन संस्था र जनताको डिपोजिट ठूलो कुरा हो । गर्भनर साब । सचेत भया ।

9985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?