जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंक सनराईज बैंक हस्तक्षेप गर्ने तयारीमा पुग्दैः सञ्चालक भन्दछन् सीइओ पोड्यालको राजीनामा स्वीकृत हुन्छ

राष्ट्र बैंक सनराईज बैंक हस्तक्षेप गर्ने तयारीमा पुग्दैः सञ्चालक भन्दछन् सीइओ पोड्यालको राजीनामा स्वीकृत हुन्छ

नेपालको सधै विवादमा फस्दै आएको माडवाडी समुदायका बाहुलियत भएको सनराईज बैंकको विवाद सतहमै छताछुल्ल भएको मात्रै छैन । सञ्चालक र सीइओ बीचको मतभेदले बैंक नै राष्ट्र बैंकले लिने हो कि भन्ने आकलन गर्न थालिएको छ ।
राष्ट्र बैंकले मर्जरलाई प्राथमिकता दिँदै मौद्रिक नीतिमा मर्जरमा जाने बैंक र वित्तिय संस्थालाई सुविधा दिने कुरा आएको छ । राष्ट्र बैंक चाहान्छ बैंक र वित्तिय संस्था चाडो मर्जर हुन् । तर, मर्जरकै विवादले सनराईज बैंक भित्र भाडभैलो भएको भेटिएको छ ।

सनराईज बैंक लिमिटेड भित्रका बहुमत सञ्चालकहरुले सृजना फाइनान्स कम्पनी लिमिटेडलाई छिटो मर्जर गर्नुपर्ने पक्षमा छन् । तर, सीइओ जनक शर्मा पौड्याल र अध्यक्ष मोतीलाल दुगड यसको विपक्षमा उभिएपछि सीइओलाई ६ बुँदे स्पष्टिकरण सोधी हटाउने तयारी गरिएको बैंक स्रोतको दाबी छ ।

एक सञ्चालकले पंक्तिकारलाई टेलिफोनमा भनेः– हामीले सृजना फाइनान्सको डिडिए चाडै गरि मर्जर गरौ भनेका थियौ । तर, सीइओ पौड्यालले नमानेको र मर्जर समितिलाई बेवास्ता गर्दै मर्जर भाड्न खोजेको उनीले दाबी गरे ।
ती सञ्चालकले भनेः– राष्ट्र बैंकले आज हामीलाई मिलेर बैंक चलाउन भनेको छ । तर, सीइओको कारण मिल्न सक्ने वातावरण बनेन । त्यसकारण स्पष्टिकरणको उत्तर आएपछि बस्ने सञ्चालक समितिको बैठकले सीइओ जनक शर्मा पौड्यालको राजीनामा स्वीकृत हामी गर्दछौं । उनीबाट बैंक नचल्ने निश्कर्षमा हामी पुगेका छौ नि ।

नेपाल राष्ट्र बैंकले आइतबार सनराईज बैंकका सञ्चालकहरुलाई बोलाई सीइओ जनक शर्मा पौड्यालको पक्षमा बोल्नु र जनक शर्मा पोड्यालले अर्थमन्त्री डा. युवराज खतिवडा मार्फत राष्ट्र बैंकलाई गुहार्नुले प्रस्टै देखिन्छ । जनताको पैसा माथी कसले खोल्दैछ भनेर ।

राष्ट्र बैंकले पटक÷पटक सीइओ फेर्नु राम्रो होइन भन्नु जनक शर्मा पोड्याललाई नहटाउनु भनेको हो । तर हामी कुनै पनि हालतमा राख्दैनौ एक सञ्चालकले पंक्तिकारसंग बताए ।

सनराईज भित्रको कथा ?
सनराइज बैंकमा चलेको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । समस्या समाधानको लागि राष्ट्र बैंकले औपचारिक रुपमा नै पहल कदमी लिएको छ । सञ्चालक र सीईओबीचको विवाद टुंग्याउन राष्ट्र बैंकले मध्यस्थकर्ताको भुमिका निर्वाह गर्न थालेको भनिन्छ । सोही सिलसिलामा आइतबार बैंक सञ्चालकहरूसँग समस्यावारे राष्ट्र बैंकले छलफल गरेको थियो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार आइतबार सनराइज बैंकका सातै जना सञ्चालकसँग यो विषयमा राष्ट्र बैंकले छलफलल गरेको छ । द्वन्द्वरत पक्षमध्ये प्रमुख कार्यकारी अधिकृतलाई भने सोमबार छलफलमा बोलाउने छ

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्याल र बैंक सञ्चालकहरूबीच निकै अघिदेखिनै असमझदारी बढेको हामीले पटक÷पटक समाचार प्रवाह गर्दै आएका थियौ । बैंक सञ्चालकहरूले सीईओलाई राजीनामा दिन दवाव दिएका कारण प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले गत विहिबार नै राजीनामा दिएका छन् । तर, उनी भनिरहेका छन् यो गलत हो ।

सीईओ शर्माले सनराइज सम्हाल्न शुरु गर्दा नै त्यहाँ सञ्चालकहरूबीच विवाद थियो । त्यहि विवादका कारण शर्माभन्दा अघि सीईओको नियुक्ती पाएका निरजकुमार श्रेष्ठ कार्यभार नै नसम्हाली बाहिरिए । यसको हेक्का जनक शर्मा पौड्याललाई थियो । तर, उनी किन पुगे बैंकमा यसको खोजी शुरु भएको छ ।

बैंक सम्बद्ध स्रोतका अनुसार सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दिएको निर्देशन अवज्ञा गर्दै आएका थिए । उनलाई सञ्चालक समिति बोर्डले तीन महिनाको स्पष्ट कार्ययोजना सहित प्रस्तुत हुन समेत निर्देशन गरेको थियो ।
यद्यपि सीईओले आफूले त्यसो गर्न नसक्ने बताउँदै आएका थिए । बरु राजीनामा दिने भन्दै उनी आफ्नै ढंगले काम गरिरहेका थिए । सिर्जना फाइनान्ससँगको मर्जरको विषयमा असहमति जनाउँदै निर्णयमा नै नोट अफ डिसेन्ट लेखेपछि भने विवादले नयाँ मोड लिएको एक सञ्चालकले आर्थिक बजार न्यूज डटकमलाई नाम नलेख्ने शर्तमा बताए ।

बैंक स्रोतकाअनुसार सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले सीईओलाई साथ दिएपछि सबै सञ्चालकहरूले सीईओ पौड्यालको राजीनामा तत्कालै माग गरेका थिए ।

ती सञ्चालकका अनुसार पौड्यालले त्यहि राजीनामा पत्र समेत प्रस्तुत गरे । तर, अध्यक्षले आवेशमा निर्णय गर्न हुँदैन भन्दै रोकेको पछि विवाद पुन चर्केको देखिन्छ ।

जनक शर्मा पौड्याल प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुअघि नै बैंकमा बिबाद थियो । बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाएपछि गुरागाई पक्षले लफडा सुरु गरेको हामीले नै समाचार दिएका थियौ ।
त्यसबेला गुरागाईले अर्का सञ्चालक मालचन्द दुगड पक्षसँग मिलेर लफडा गरेका थिए । अन्तत लफडाका बीचमा आफू काम नगर्ने भनेर निरज श्रेष्ठले बैंकमा कार्यभार नै नसम्हाली छाडिदिएका थिए । निरज श्रेष्ठ बैंक अध्यक्ष मोतिलाल दुगडको रोजाइका बैंकर थिए । उनले रोजेपनि सञ्चालक समितिले नियुक्त गरेको थियो ।

दुगडको रोजाइका सीइओलाई काम गर्न नदिएपछि गुरागाई पक्षलाई प्रमुख कार्यकारी छान्ने जिम्मा दिइयो। उनीहरुले जनक शर्मा पौड्याललाई नियुक्त गर्ने सुझाए र उनी प्रमुख कार्यकारी भए कथा यहि हो ।

यता सनराइज बैंकका सञ्चालकहरुले सीइओको राजीनामा माग्नुको चित्त बुझ्दो कारण नदिएपछि राष्ट्र बैंकले मिलेर अगाडि बढ्न निर्देशन दिएको छ। साथै बर्ष दिनमा ३र३ वटा प्रमुख कार्यकारी फेर्ने, अनावश्यक बिबादमा लाग्ने काम बन्द गर्न पनि भनेको छ । तरपनि बहुमत सञ्चालक सीइओ पौड्याललाई हटाएरै छाड्ने पक्षमा छन् । यस्तै भए नेपाल राष्ट्र बैंकले सनराईज बैंक हस्तक्षेप नगर्ला भन्न सकिदैन । सचेत भया ।

10405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका