जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एफएनसीसीआईमा त्रिपक्षीय भिडन्त, उमेशलाई ढकाल र श्रेष्ठको साथ, अञ्जनलाई पूर्व अध्यक्षहरु प्रधान, मुल्मी र जोशीको साथ, जुवाखालबाटै पक्राउ परेका संघाईलाई छैन कसैको साथ !

एफएनसीसीआईमा त्रिपक्षीय भिडन्त, उमेशलाई ढकाल र श्रेष्ठको साथ, अञ्जनलाई पूर्व अध्यक्षहरु प्रधान, मुल्मी र जोशीको साथ, जुवाखालबाटै पक्राउ परेका संघाईलाई छैन कसैको साथ !

नेपालका उद्योग व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २९ गते हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का पक्की भएको छ । भन्दा अब फरक पर्दैन । चैत्र ३० गते स्वतः हालका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष बन्ने छन् । भनिन्छ यस पटकको एफएनसीसीआईको चुनावमा बरिष्ठ उपाध्यक्षमा उठेका अञ्जन श्रेष्ठलाई पूर्व अध्यक्षहरु कुश कुमार जोशी, आनन्द राज मुल्मी र महेशलाल प्रधानको साथ छ भने अर्का बरिष्ठ उपाध्यक्षका उमेशलाल श्रेष्ठ पूर्व अध्यक्ष चण्डी राज ढकाल र विनोद बहादुर श्रेष्ठले साथ दिएका छन् भने जुवाखालबाटै पक्राउ परेका विवादापस्द उद्योगपति एवं विशाल समूहका निर्देशक रामचन्द्र संघाईलाई कसैको साथ छैन । भन्दा अब फरक पर्दैन । एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल यो समाचार तयार पर्दा सम्म कसैको पक्षमा खुलेर लागेको देखिदैन । वरिष्ठ उपध्यक्षसहित वस्तुगत, एसोसिएट र जिल्ला–नगरका तीन उपाध्यक्ष पद तथा कार्यसमतिका लागि महासंघमा यसपटक स्पष्ट तीन धार देखिएको छ । उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानल घोषणा गरेरै प्रतिस्पर्धामा उत्रिएको भेटिएको छ ।

वरिष्ठ उपाध्यक्षका तीनैजना आकांक्षीले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । महासंघको निर्वाचन समितिको कार्यालयकाअनुसार महासंघको कुल ६४ पदका लागि ११८ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ ।यसमध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी निर्विरोध भएको छ । महासंघको भावी नेतृत्वका पेचिलो मानिने वरिष्ठ उपाध्यक्ष पदका लागि दुई वर्तमान उपाध्यक्ष र एक पूर्वउपाध्यक्षको प्रतिस्पर्धा निश्चित भएको छ । हालका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाइ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् । भन्दा अब फरक पर्दैन ।
महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्रमा तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्य, एसोसिएट र वस्तुगत उपाध्यक्षका ८ उम्मेदवार छन् । वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । वस्तुगत उपाध्यक्षमा सकुन्तला हिराचन, मनिषलाल प्रधान र मेहराज ढकाल उम्मेदवार छन् । एससिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।

लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा छन् । संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् । वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् ।

यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका सुकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।
सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश सदस्य निर्विरोध भएपछि अन्य ६ स्थानका लागि १४ जना प्रतिस्पर्धामा छन् । कोशी प्रदेशबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे प्रस्पिर्धामा छन् । मधेश प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उठेका छन् । बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ भने गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा छन् । त्यस्तै लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा छन् । संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् । वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् । भन्दा फरक पर्दैन ।

विशेष गरेर अहिले पूर्व अध्यक्षहरु महेशलाल प्रधान, आनन्दराज मुल्मी, कुशकुमार जोशी, चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठ खुलेआम रुपमा आफ्नो टीम भनेर समर्थनमा लागेका छन् । केही पूर्व वरिष्ठ उपाध्यक्षहरु पनि महासंघको चुनावी रौनकमा व्यस्त छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल कुनै पनि प्यानलमा देखिएका छैनन् । यसअघिका चुनावहरुमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरुले एउटा टीमको समर्थन गरे पनि यस पटक भने त्यस्तो देखिएन ।

उद्योग वाणिज्य विगतका वर्षहरुमा महासंघको निर्वाचनमा पूर्व अध्यक्षहरुको भूमीका बढी हुन्थ्यो । अर्थात् पूर्व अध्यक्षहरुले एउटा उम्मेदवारको साथ दिएर अर्कोलाई हराउन लाग्थे । त्यो क्रम यस वर्ष केही कम देखिए पनि त्यसको बाछिटा भने सकिएको छैन । यस वर्ष ढिलो गरी सुरु भएको महासंघको चुनावी रौनचमा यस वर्ष पाँच जना पूर्व अध्यक्षहरु खुलेआम चुनावी दौडधूपमा देखिएका छन् । विशेष गरेर अहिले पूर्व अध्यक्षहरु महेशलाल प्रधान, आनन्दराज मुल्मी, कुशकुमार जोशी, चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठ खुलेआम रुपमा आफ्नो टीम भनेर समर्थनमा लागेका छन् । केही पूर्व वरिष्ठ उपाध्यक्षहरु पनि महासंघको चुनावी रौनकमा व्यस्त छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल कुनै पनि प्यानलमा देखिएका छैनन् । यसअघिका चुनावहरुमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरुले एउटा टीमको समर्थन गरे पनि यस पटक भने त्यस्तो देखिएन । अघिल्लो निर्वाचनमा किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा गर्दा प्रधानको पक्षमा तत्कालीन अध्यक्ष भवानी राणा र तत्कालीन वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा देखिएका थिए भने ढकालको पक्षमा पूर्व अध्यक्ष चण्डीराज ढकाल देखिएका थिए । तर, वर्तमान कार्यसमितिका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष मौन बस्दा चुनावी माहोल थप रोचक बनेको छ । यद्यपि पाँच जना पूर्व अध्यक्षले भने खुलेरै आफ्नो टीम भन्दै प्रचारप्रसार गरिरहेका प्रस्टै देखिएको छ ।

उमेशलाललाई ढकाल र श्रेष्ठको साथ
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठलाई पूर्व अध्यक्ष द्वय चण्डीराज ढकाल र विनोदबहादुुर श्रेष्ठले साथ दिएका छन् । ढकाल आफुलाई महासंघको चुनावमा ‘किङ्ग मेकर’को रुपमा चिनाउन रुचाउँछन् । किनकी आफुले जुन प्यानलाई साथ दियो त्यही प्यानलले जित्ने उनको दाबी लामो समयदेखिको हो । भन्दा फरक पर्दैन ।
महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार श्रेष्ठ र पूर्व कोषाध्यक्ष निरज केसीले पनि श्रेष्ठको समूहलाई खुलेरै समर्थन गरेका छन् । कतिपयले यो समूहलाई पूर्व उपाध्यक्ष किशोर प्रधानको पनि साथ रहेको बताइरहेका छन् । भन्दा फरक पर्दैन ।

अञ्जन समूहबाट प्रतिस्पर्धामा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधान पूर्व अध्यक्ष महेशलाल प्रधानका छोरा हुन् । अञ्जनलाई पूर्व अध्यक्ष पशुपति मुरारकाको पनि साथ रहेको स्रोत बताउँछ । तर, उनी अहिलेसम्म खुलेका छैनन् । कार्यक्रम यी तीनै जनाको सहभागिता थियो ।

अञ्जनलाई तीन पूर्व अध्यक्षको साथ
दुई अध्यक्ष ल्याएर उम्मेदवारी घोषणा गरेका उमेशलालको भन्दा बढी पूर्व अध्यक्षलाई बोलाएर अञ्जन श्रेष्ठले आफ्नो तागत देखाएका छन् । गत बुधबार उम्मेदवारी घोषणा गर्दै उनले तीन पूर्व अध्यक्षहरु महेशलाल प्रधान, आनन्दराज मुल्मी र कुशकुमार जोशीको समर्थन आफुलाई रहेको प्रमाणित गराएका हुन् । अञ्जन समूहबाट प्रतिस्पर्धामा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधान पूर्व अध्यक्ष महेशलाल प्रधानका छोरा हुन् । अञ्जनलाई पूर्व अध्यक्ष पशुपति मुरारकाको पनि साथ रहेको स्रोत बताउँछ । तर, उनी अहिलेसम्म खुलेका छैनन् । कार्यक्रम यी तीनै जनाको सहभागिता थियो । आफुलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेका श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको धारणा राखेका थिए ।

संघाईले उम्मेदवारी घोषणा गर्दै गोल्छा र ढकालको साथ आफुलाई रहेको दाबी गरे । उनले आफ्नो प्रचार प्रचार पर्चाहरुमा पनि गोल्छा र ढकालको साथ रहेको भनेर दाबी गरेका छन् । यस विषयमा उनीहरु दुवै जनाले मुख खोलेका छैनन् । उनीहरु मौन छन् । संघाइले घोषणा कार्यक्रममा राखेका ब्यानर तथा फ्लेक्समा पनि वर्तमान अध्धक्ष र वरिष्ठ उपाध्यक्षको साथ सहयोग र समर्थनसहित भन्दै तस्वीर पनि राखेका थिए । उनीसँग कुनै पनि पूर्व अध्यक्षहरु भने खुलेको देखिदैन । हेक्का होस् । महासंघमा १ सय २१ जिल्ला नगर, १ सय २३ वस्तुगत संघ छन् भने १ हजार ७ सय ३२ एशोसिएट सदस्य छन् ।

संघाई भन्छन् : गोल्छा र ढकालको साथ छ
वरिष्ठ उपाध्यक्षको लागि टीमसहित चुनावी मैदानमा रहेका जुवाखालबाट रंगे हात पक्राउ परेका व्यवसायी रामचन्द्र संघाइले आफुलाई अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्षचन्द्रप्रसाद ढकालको साथ रहेको दाबी गर्दै आएका छन् । तर, यो सत्य सावित भएको छैन । संघाईले उम्मेदवारी घोषणा गर्दै गोल्छा र ढकालको साथ आफुलाई रहेको दाबी गरे । उनले आफ्नो प्रचार प्रचार पर्चाहरुमा पनि गोल्छा र ढकालको साथ रहेको भनेर दाबी गरेका छन् । यस विषयमा उनीहरु दुवै जनाले मुख खोलेका छैनन् । उनीहरु मौन छन् । संघाइले घोषणा कार्यक्रममा राखेका ब्यानर तथा फ्लेक्समा पनि वर्तमान अध्धक्ष र वरिष्ठ उपाध्यक्षको साथ सहयोग र समर्थनसहित भन्दै तस्वीर पनि राखेका थिए । उनीसँग कुनै पनि पूर्व अध्यक्षहरु भने खुलेको देखिदैन । हेक्का होस् । महासंघमा १ सय २१ जिल्ला नगर, १ सय २३ वस्तुगत संघ छन् भने १ हजार ७ सय ३२ एशोसिएट सदस्य छन् । २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू छन । निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत हुन्छ भने एशोसिएटस सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मतभार ३० प्रतिशत हुन्छ । यस्तै, वस्तुगतसंघको मत भार २० प्रतिशत हुने व्यवस्था छ ।
चैत २९ गते हुने निर्वाचनमा ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भइसकेका छन् ।

ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठलाई आफ्नै होटल ले हिमालयमा बोलाएर ६ वर्षको अवधिमा तीनै जना वरिष्ठ उपाध्यक्ष बनाउने गरि सहमति तयार पार्ने प्रस्ताव गरेका थिए । ढकाल महासंघ अध्यक्षको तीन वर्षको कार्यकाल दुई वर्षमा झार्ने र ६ वर्षको अवधिमा तीनै जनालाई अध्यक्ष बनाउने सहमतिको प्रयास गर्ने भन्दै सर्वसम्मत नेतृत्वका लागि प्रस्ताव गरेका थिए । तर, यो विफल भएको छ । यो प्रस्तावप्रति तीनै जना उम्मेद्वारले सहमति जनाएपनि पहिलो वरिष्ठ उपाध्यक्ष भने आफू हुनुपर्ने दाबी गरेका थिए ।

बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको सहमतीको प्रस्ताव असफल !
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीन जना वरिष्ठ उपाध्यक्षका उम्मेद्वार समेट्ने खाकासहित सर्वसम्मत बनाउन गरिएको प्रयास असफल भएको छ । ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठलाई आफ्नै होटल ले हिमालयमा बोलाएर ६ वर्षको अवधिमा तीनै जना वरिष्ठ उपाध्यक्ष बनाउने गरि सहमति तयार पार्ने प्रस्ताव गरेका थिए । ढकाल महासंघ अध्यक्षको तीन वर्षको कार्यकाल दुई वर्षमा झार्ने र ६ वर्षको अवधिमा तीनै जनालाई अध्यक्ष बनाउने सहमतिको प्रयास गर्ने भन्दै सर्वसम्मत नेतृत्वका लागि प्रस्ताव गरेका थिए । तर, यो विफल भएको छ । यो प्रस्तावप्रति तीनै जना उम्मेद्वारले सहमति जनाएपनि पहिलो वरिष्ठ उपाध्यक्ष भने आफू हुनुपर्ने दाबी गरेका थिए । तीनै जनाले पहिलो दाबी गरेका कारण सहमति हुन नसकेको हो। तर ढकाल पहिलो बैठकमा सहमति नभएपनि आशावादी छन्। ‘पहिलो बैठकमा तीनै जना उम्मेद्वार बैठकमा बस्नुभयो। चैत २७ गतेसम्म उम्मेद्वार फिर्ता लिनसक्ने अवस्था छ,’ उनले भने, ‘त्यो बेलासम्म सहमति हुनेमा म धेरै नै आशावादी छु ।’ ढकालले दाबी गरे ।

तुलनात्मक रुपमा चण्डीराज ढकाल बढी सक्रिय देखिन्छन् । गत निर्वाचनमा पनि ढकालले हालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई समर्थन गरेर निर्वाचित गराए । यसपटक उनले उमेशलाल श्रेष्ठ नेतृत्वको प्यानललाई जिताउने अभियान चलाइरहेका छन् । उनी खुलेरै लागेका देखिएको भेटिएको छ । उता मुरारकाले भने गत निर्वाचनमा किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन चाहेका थिए तर सफल भएनन् । त्यसो त गत निर्वाचनमा कुशकुमार जोशी पनि प्रधानलाई नै समर्थन गरेर देशव्यापी अभियानमा हिडेका थिए

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन नजिकिएसँगै आन्तरिक राजनीतिमा नामी खेलाडी कहलिएका पूर्व अध्यक्षहरुबीच कसले वर्चश्व कायम गर्ने भन्ने लडाईं शुरु भएको छ । महासंघको राजनीतिमा मुख्य ३ पात्र आफ्नो वर्चश्व कायम गर्ने रणनीतिमा छन् । त्यसमा पनि चण्डीराज ढकाल, पशुपति मुरारका, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी महासंघभित्र आफ्नो पकड चाहने पूर्वअध्यक्षहरु हुन् । गत निर्वाचनमा पनि उनीहरु नै सक्रिय थिए । मुख्य गरी ढकाल, मुरारका र जोशी नै आफ्ना समर्थक उमेद्वारलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउने कसरतमा छन् । तुलनात्मक रुपमा चण्डीराज ढकाल बढी सक्रिय देखिन्छन् । गत निर्वाचनमा पनि ढकालले हालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई समर्थन गरेर निर्वाचित गराए । यसपटक उनले उमेशलाल श्रेष्ठ नेतृत्वको प्यानललाई जिताउने अभियान चलाइरहेका छन् । उनी खुलेरै लागेका देखिएको भेटिएको छ । उता मुरारकाले भने गत निर्वाचनमा किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन चाहेका थिए तर सफल भएनन् । त्यसो त गत निर्वाचनमा कुशकुमार जोशी पनि प्रधानलाई नै समर्थन गरेर देशव्यापी अभियानमा हिडेका थिए ।

प्रदीपजङ्ग पाण्डे र महेशलाल प्रधानका छोराहरु नै अञ्जनको टिममा भएकाले उनीहरुको समर्थन पनि अञ्जनलाई नै हुनेछ भन्दा फरक पर्दैन । एसोसियटतर्फ पकड भएका पूर्व अध्यक्ष सुरज वैद्य पनि बोलिसकेका छैनन् । यद्यपि, उनले जिल्ला–नगर उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानलका उम्मेदवार अरुणराज सुमार्गीलाई साथ दिने देखिन्छ । अर्का प्रत्याशी रामचन्द्र सङ्घाईसँग भने पूर्व अध्यक्षहरु देखिएका छैनन् ।

यसपाली मुरारकाले सार्वजनिक रुपमा कसैका लागि पनि मत मागेका छैनन् । उनको भित्री समर्थन भने अञ्जन श्रेष्ठलाई रहेको बुझिएको छ । ‘साइलेन्ट’ देखिएका जोशी पछिल्लो समयमा अञ्जनको पक्षमा खुलेको भेटिएको छ । एसोसियटमा पशुपति मुरारका कै पकड छ । प्रदीपजङ्ग पाण्डे र महेशलाल प्रधानका छोराहरु नै अञ्जनको टिममा भएकाले उनीहरुको समर्थन पनि अञ्जनलाई नै हुनेछ भन्दा फरक पर्दैन । एसोसियटतर्फ पकड भएका पूर्व अध्यक्ष सुरज वैद्य पनि बोलिसकेका छैनन् । यद्यपि, उनले जिल्ला–नगर उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानलका उम्मेदवार अरुणराज सुमार्गीलाई साथ दिने देखिन्छ । अर्का प्रत्याशी रामचन्द्र सङ्घाईसँग भने पूर्व अध्यक्षहरु देखिएका छैनन् । निवर्तमान अध्यक्ष भवानी राणा पनि संघाईको पक्षमा बोलेकी छैनन् । पूर्व अध्यक्ष भवानी राणाले पनि अञ्जनलाई समर्थन गर्ने देखिन्छ । सचेत भया ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?