जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्राईम लाईफ इन्स्योरेन्सको खुद मुनाफा २९ करोड ८५ लाख

प्राईम लाईफ इन्स्योरेन्सको खुद मुनाफा २९ करोड ८५ लाख

प्राईम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष ७६/र७७ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेको छ। आर्थिक वर्ष ७५÷७६ को चौथो त्रैमासमा कम्पनीले २ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन रकम पनि २ अर्ब ८६ करोड बाट वृद्धि भएर ३ अर्ब २६ करोड पुगेको छ।

कम्पनीको जीवन बीमा कोष ८ अर्ब ९० करोड बाट वृद्धि भएर ११ अर्ब ४७ करोड पुगेको छ। २ अर्ब २५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ रहेको छ।

आर्थिक वर्ष ७५/७६मा ३१ करोड ३० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले आर्थिक वर्ष ७६÷७७ को चौथो त्रैमासमा भने २९ करोड ८५ लाख खुद मुनाफा गरेको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ भने किताबी मूल्य १४५ रुपैयाँ ५६ पैसा रहेको छ।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका