जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • व्यवसायी–सीडीओ वार्ता सकारात्मक, बजार खुल्ने नयाँ तालिका आउँदै

व्यवसायी–सीडीओ वार्ता सकारात्मक, बजार खुल्ने नयाँ तालिका आउँदै

व्यवसायीहरुले लकडाउनको उलंघन गर्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र व्यवसायीहरुबीचमा भरखरै सकिएको छलफलले लकडाउनको मोडालिटी परिवर्तन गरेर व्यवसाय सञ्चालन गर्न दिने तयारी थालेको हो ।

आज नेपाल राष्ट्रिय व्यवसायी महासंघ र काठमाडौं उपत्यकाको जिल्ला स्तरीय विपद् व्यवस्थापन कमिटीबीच भएको छलफलमा उठेका विषयहरू जायज भएकोले हामी यसलाई सकारात्मक रुपमा लिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । ‘महासंघबाट आएको माग हामीलाई जायज लाग्यो,’ उनले भने ‘यसलाई हामी उच्च स्तरीय समितिमा पठाउँछौं ।’

व्यवसायीहरूले व्यवसाय खोल्ने विषयमा सेडुलनै बनाएर ल्याउनु भएको छ,’ कुनै व्यवसाय त दिन विराएर खोल्ने त, कुनै विहानमात्रै कुनै दिउँसो र कुनै बेलुकामात्रै खोल्ने सेडुलका उल्लेख गरिएको छ । जुुन कुरा हामीलाई चित्त पनि बुझ्यो, व्यवसाय बन्द रह्दा बैंकको ब्याज तिर्न नसकेको दुखेसो पोखेपछि हामीले उहाँहरू राखेको मागलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पेश गर्ने छौं,’ उनले भने । तर, हामीले नेपाल सरकारले गरेको समयावधि अर्थात यस विषयमा निर्णय नभएसम्म अहिले शर्तहरू पालना गर्नुपर्छ भनेको सीडीओ शर्माले बताए ।

महासंघका अध्यक्ष नरेश कटवालले उपत्यकाका तीन वटा जिल्लाका जिल्ला अधिकारीहरुसँग भएको छलफल सकारात्मक भएको बताए । उनले भने, ‘छलफल सकारात्मक भएको छ, हामी सरकारको निर्णय कुरेर बसेका छौं ।’ सम्भव त अब लकडाउनको स्वरुप फेर्ने र व्यापार÷व्यवसायीलाई सामान्यीकरण र सहजीकरण गर्दै लैजाने विषयमा छलफल भएको उनले बताए । हामी अब व्यवसाय सञ्चालन गर्न पाइन्छ भन्नेमा आशावादी छौं ।

9125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका