जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • खुद बीमाशुल्क १६.३७ प्रतिशतले बढ्यो

खुद बीमाशुल्क १६.३७ प्रतिशतले बढ्यो

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ११.६५% ले बढी हो। गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीले खुद ब्याज आम्दानी १६%ले बढाएर ३० करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले २६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । प्रकाशित विवरण अनुसार गत वर्ष १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ कमाएको कम्पनीले यस वर्ष १६.३७%ले बढाएर २ अर्ब २६ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क पुर्याएको छ ।

हाल कम्पनीमा ३ लाख ३४ हजार ६२४ बीमालेख कायम रहेको छ । हालसम्म कम्पनीले १६ लाख ९९ हजार ६८३ बीमालेख जारी गरेको जानकारी दिएको छ । गत वर्ष ३४ करोड ८६ लाख रुपैयाँँ कुल दाबी भुक्तानी गरेको प्राइमले यस वर्ष ५० करोड ३६ लाख रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख रुपैयाँ रहेको छ । जगेडा कोष गत वर्षको सोहि अवधिको तुलनामा ५.११% कम हो।

जीवन बीमा कोष रकम गत वर्षको तुलनामा ३० दशमलव ८४ प्रतिशत बृद्धि देखिएको छ । गत वर्ष यस अवधिसम्म ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको जीवन बीमा कोष रकम यस वर्ष १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष दिर्घकालिन लगानी तथा कर्जा ७ अर्ब ९३ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो भने यस वर्ष ९ अर्ब ४९ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रदान गरेको छ । बीमालेख धितोमा समेत कर्जा प्रवाह गर्दै आएको प्राइमले यस वर्ष १ अर्ब १७ करोड ५१ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रवाह गरेको छ । गत वर्ष बीमालेख धितोमा ७९ करोड २३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो । प्राइमको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १५९.०६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

6015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?