जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकका कर्मचारीलाई कोरोना लागे सबै खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने

बैंकका कर्मचारीलाई कोरोना लागे सबै खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्र्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने व्यवस्था गरेको हो ।

संक्रमित कर्मचारीलाई अस्पतालमा, घर वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकले खर्च गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्मचारका साथै कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।संक्रमति कर्मचारीको क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ ।

राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा सञ्चालन गर्न पनि निर्देश गरको छ । सेवा दिँदा बैंकहरुले सम्भव भएसम्म ‘वर्क फ्रम होम ’वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ । यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थामा गरिएका कार्यहरू÷निर्णयहरू तथा आन्तरिक परिपत्रहरू भोलि ३० गते शुक्रबारसम्म राष्ट्र बैंकको इमेलमा पठाइ सक्न राष्ट्र बैंकले भनेको छ ।

 

11195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका