जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पौड्याल सनराईज पुगेसंगै खराब कर्जा ह्वात्तै बढ्यो

पौड्याल सनराईज पुगेसंगै खराब कर्जा ह्वात्तै बढ्यो

नेपालको माडवाडी समूदायको बैंक हो । सनराईज बैंक भन्दा अब चाहि फरक पर्दैन । केही महिना अगाडी सञ्चालक र सीइओ विवाद बैंक भित्रै मात्रै होइन । सडकमा छरपस्ट भयो । सीइओ जनक शर्मा पौड्यालका पछिल्ला गतिविधीले सधैं चर्चा पाए, लकडाउनबीचमा नवनियुक्त गर्भनरलाई राती ११.३० बजे बधाई दिन टिम नै लिएर घर जानेदेखि सञ्चालकहरुलाई नमस्कार नगर्नेसम्मका कारण सीइओ सधैं चर्चा र विवादमा आए ।

सीइओ जनक शर्मा पौड्यालको नियुक्ती नै विवादै विवाद बीच भएकै कारण उनी सधैं विवादमा आउने पात्रका रुपमा देखिएका छन् । संञ्चालकहरुलाई दिएको अचम्मको स्पष्टिकरण पछि जागिर जोगाएका सीइओ पौड्यालसंग एक सञ्चालक शैलेश गुरागाई अझै सन्तुष्ट छैनन् । उनीले आर्थिक बजार न्यूजडटकमसंग टेलिफोनमा भनेः– केही समयका लागि बैंकमा विवाद साम्य भएको छ । सीइओ जनकजीलाई बोर्डले माफी दिएको छ । तर, मेरो नोट अफ डिस्टेन्स छ । सीइओ नसुध्रिए फेरी हामी बोर्डमा कुरा राख्ने छौं नि ।

सनराईज बैंक्मा चर्को विवाद भए पछि एक सञ्चालक ओमकृष्ण जोशी सञ्चालकबाट बाहिरिएका छन् । उनीले दिएको राजीनामा हालै स्वीकृत भएको छ । त्यसको मुख्य कारण हो सीइओ जनक शर्मा पौड्याल ।
भनिन्छ सञ्चालक जोशीबाट बैंकका महत्वपूर्ण कागज–पत्र सञ्चार माध्यममा आएका थिए रे । तर, उनीले ती कागज–पत्र बैंक भित्रै सीइओ कार्यलयबाट बाहिरएको हामीसंग बताउदै आएका थिए ।
सीइओ पौड्यालले बैंकका आईटी प्रमुख एबं अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तीलक खतिवडाका कारण यस पटक पद जोगिएको तर यो स्थायी नहुने पूर्व सञ्चालक जोशीले पंक्तिकारसंग बताए ।

सनराईज बैंकमा खराब कर्जा २ प्रतिशत नजिक ?
सधैं विवादमा आएको सनराईज बैंकमा ग्लोबल आईएमई बैंकबाट हटाइएका सीइओ जनक शर्मा पौड्याल सनराईज बैंकमा सीइओ बनेसंगै बैंकको खराब कर्जा करिब २ प्रतिशत पुगेको छ, भने वितरण योग्य नाफा घटेर मात्रै ५२ करोड पुगेको छ ।

नाफामा चर्को गिरावटः सीइओ पद बचाउन व्यस्त ?
सनराईज बैंकमा आफ्नो टिम आरती राणा, तीलक खतिवडा सहित पुगेका सीइओ जनक शर्मा पौड्यालको नालायकीपनका कारण पूराना कर्मचारीलाई विश्वास नगरेका कारण र बैंकमा पौड्याल सीइओ भएपछि चर्को विवाद भएका कारण बैंकको नाफा मात्रै होइन वितरण योग्य नाफामा पनि डरलाग्दो रुपमा गिरावट आएको देखिन्छ । यसको जिम्मेवारी सीइओ पौड्यालले लिने कि नलिने अध्यक्ष मोतीलाल दुगडज्यू ? यसको उत्तर हामी शेयर धनीलाई अब तपाईले दिनैपर्दछ कि पर्दैन । हेक्का होस् ।

कस्तो छ त सनराईज बैंकको वित्तिय विवरण
सनराइज बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आव २०७५र७६ को भन्दा १८.२३ प्रतिशतले कम हो ।
बैंकले गत आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । आव २०७५र७६ मा त्यस्तो निक्षेप जम्मा ७५ अर्ब मात्रै थियो । त्यस्तै, बैंकले कर्जा पनि ६८ अर्बबाट बढेर ८१ अर्ब पुगेको छ । बैंकले गत आवमा ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।

८ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५०.८६ रुपैयाँ रहेको छ ।
बैंकको स्प्रेड दर ४.३७ प्रतिशत, आधार ब्याजदर ८.९५ प्रतिशत र कस्ट अफ फण्ड ६.५५ प्रतिशत छ । खराब कर्जा १.८६ प्रतिशत रहेको बैंकको सीडी रेसियो भने ७१.३० प्रतिशत छ । बैंकको वितरण योग्य नाफा भने ५२ करोड रुपैयाँ रहेको छ । सचेत भया ।

9085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका