

प्रभु बैंकले १ अर्ब ३६ करोड नाफा गरेको छ । प्रभु बैंकले गतवर्ष २०७६/७७ मा सेयरधनीलाई १ अर्ब ८ करोड रुपैयाँ बाँड्न मिल्ने नाफा गरेको छ ।
चुक्ता पूँजी १० अर्ब ३१ करोड रहेको बैंकले गतवर्षको नाफाबाट मात्र सेयरधनीलाई १०.४७ प्रतिशत लाभांश बाड्न सक्छ । बैंकको जगेडामा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
प्रभु बैंकले असार मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । गतवर्षको असार मसान्तसम्ममा १ खर्ब ५ अर्ब रुपैयाँ बैंकले निक्षेप संकलन गरेको थियो ।
यस्तै असार मसान्तसम्ममा बैंकले ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गतवर्ष ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
पूँजीकोष अनुपात ११.५९ प्रतिशत रहेको प्रभु बैंकको खराब कर्जा अनुपात(एनपीएल) २.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३.७६ प्रतिशत एनपीएल रहेको थियो ।
बैंकको कर्जा निक्षेप अनुपात ६६.९६ प्रतिशत रहेको छ । ८.३२ प्रतिशत बेसरेट रहेको प्रभु बैंकको ३.५७ प्रतिशत स्प्रेडदर रहेको छ ।
बैंकको इपीएस १३.९३ रुपैयाँ रहेको छ ।