जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • टाटा मोटर्सको एक्सचेन्ज अफर, विद्युतीय खरिद गर्न पुराना गाडी साट्न सकिने

टाटा मोटर्सको एक्सचेन्ज अफर, विद्युतीय खरिद गर्न पुराना गाडी साट्न सकिने

टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी खरिद गर्नहरुका लागि एक्सचेन्ज अफर सुरु भएको छ।

टाटाका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फागुन २६ देखि तीन दिनका लागि एक्चेन्ज अफरको योजना सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार यस एक्सचेन्ज अफर योजनामा ग्राहकहरुले विद्युतीय गाडी नेक्सन र टिगोर इभी खरिद गर्न पुराना जुनसुकै डिजल/पेट्रोल इन्जिन गाडी ल्याएर साट्न सक्नेछन्। यसका लागि टाटाको शोरुममा जानुपर्ने हुन्छ।

यसका साथै यसरी पुराना गाडीको मूल्यांकन समेत राम्रो पाइने कम्पनीको भनाइ छ। बजार मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने सिप्रदीले जनाएको छ।

यसका लागि भने शनिबार र आइतबार मात्र सीमित समय तोकिएको छ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?