

एनएलजी इन्स्योरेन्सले आजबाट डिजिटल कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले कोभिड–१९ को महामारीको नेपालमा समेत बढिरहेको सन्दर्भमा जोखिम न्यूनिकरणका लागि घरैमा बसेर बीमा सुविधा प्रदान गर्ने उद्देश्यले डिजिटल कार्यालय सञ्चालमा ल्याएको जनाएको छ ।
कम्पनीले बीमा पोलिसी र दावी भुक्तानीको लागि छुट्टाछुट्टै समुहको टेलिफोन नम्वरसहितको डिजिटल कार्यालय संयोजन गरी सञ्चालनमा ल्याएको जनाएको छ । बीमा पोलिसी समुहको लागि चार जना कर्मचारी व्यवस्था गरिएको छ भने दावी भुक्तानीको लागि ३ जना कर्मचारी व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रशासन प्रमुख तथा सूचना अधिकारी नौमिनाथ अधिकारीका अनुसार अब सेवाग्राहीहरुले टेलिफोन, इमेल तथा अनलाईनबाटै बीमा सम्बन्धी सेवा लिन सक्ने छन् ।