जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रभु बैंककाे नाफा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ

प्रभु बैंककाे नाफा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ

प्रभु बैंकको खुद नाफा एक अर्ब माथि पुगेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने बैंकले ७० करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले वृद्धि भई २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कायम भएको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकको संचालन नाफा पनि ५१.३२ प्रतिशतले वृद्धि भई १ अर्ब ५४ करोड १५ लाख ६ ५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने १६ करोड ३४ लाख रुपैयाँ देखिएको छ ।

यस्तै, बैंकको निक्षेप संकलन भने घटेको देखिएको छ । समिक्षा अवधिमा बैंकले कुल २ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकको कर्जा लगानी भने २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि वृद्धि भई ३.९७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकको यस्तो कर्जा १.६८ प्रतिशत मात्रै रहेको थियो ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले घटेको देखिएको छ । पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ५७ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ पनि १४७ रुपैयाँ ८२ पैसा कायम भएको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ कायम भएको छ । बैंकले जगेडा तथा कोषमा भने १० अर्ब ९३ करोड २८ लाख रुपैयाँ राखेको छ

1065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका