जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नयाँ ११ बीमा कम्पनीको आइपीओ अन्यौलमाः कोरोना महामारीका कारण पूँजी बृद्धिमा चुनौती ?

नयाँ ११ बीमा कम्पनीको आइपीओ अन्यौलमाः कोरोना महामारीका कारण पूँजी बृद्धिमा चुनौती ?

कोरोना महामारीबीच अजोड इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बजारमा आयो र २ गुना बढि आवेदन पनि प¥यो । तर, यो बीचमा नेपाल धितोपत्र बोर्डले अन्य बीमा कम्पनीहरुलाई कोरोना महामारीबीच आईपीओ नल्याउन भन्दै तत्काललाई बन्द गरेको छ । यससंगै चुक्ता पूँजी पू¥याउनु पर्ने बाध्यतामा रहेका ११ जीवन र निजीवन बीमा कम्पनीहरुको शेयर अन्यौलमा फसेको देखिन्छ ।

पछिल्लो समय लाइसेन्स पाएका यी ११ कम्पनीहरुले बीमा बजारलाई आक्रमक र बीमा जनचेतना बढाउन ठूलो भूमिका खेलेको बेला बीमा समितिले दिएको सीमा समय भित्र (आईपीओ) साधारण शेयर बजारमा नपठाउने भएपछि बीमा समितिले कस्तो निर्देशन दिने हो । त्यो भने हेर्न बाँकी नै छ ।

विभिन्न बैंक र व्यवसायीक समूहको लगानीमा आएका ९ वटा बीमा कम्पनीहरुबीच व्यापार खोसाखोस देखि अभिकर्तासम्म खोसाखोसले बजारमा अत्याधिक प्रतिस्पर्धा देखिएको छ । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीमा त अभिकर्ता बन्न नै सोर्सफोर्स चाहिने गरेको भुक्तभोगीहरुको ठम्याई छ ।

उक्त कम्पनीको पछिल्लो प्रगति भने लोभलाग्दो छ । यस्तै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले त डबल फिर्ता देखि बाल बच्चा हेरचाह जस्ता लोकप्रिय प्रोडक्ट बजारमा ल्याएर प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा दक्ष र अनुभवी व्यवस्थापक टिमले कम्पनी हाँकेका कारण कम्पनीको प्रगति लोभलाग्दो छ । यहि कम्पनीका मार्केटिङ्ग चीप अहिले आईएमई लाईफको सीइओ समेत बन्न पुगेका छन् भन्दा फरक पर्दैन ।

पछिल्लो समय आईएमई ग्रुपको लगानी रहेको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीलाई भने बीमा समितिले वित्तिय विवरणमा गडबड भएको र प्रक्रिया नपु¥याएको भन्दै साधारण शेयर निस्काशनमा समेत रोक लगाएको देखिन्छ ।
सानिमा लाईफ र सनलाईफ इन्स्योरेन्स कम्पनी खासै प्रगति गरेका कम्पनी मानिदैनन् । यी कम्पनीहरुले लुकेर र छलेर व्यापार गरेको भुक्तभोगीहरुको ठम्याई छ ।

पछिल्लो समय आएको ज्योति लाईफ इन्स्योरेन्सको त अध्यक्ष नै जुवा खालबाट पक्राउ परेपछि यस कम्पनीको नकारात्मक सन्देश बजारमा पुगेको देखिन्छ । अर्को प्रभु र रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी आफैमा राम्रा समूह र व्यवसायीहरुबाट लगानी भएका कम्पनी भएकाले राम्रै बजार लिएको देखिन्छ ।

पछिल्लो समय जीवन बीमाका लेख बढेसंगै बीमा बजारपनि ह्वात्तै बढेको देखिन्छ । बीमा समितिमा अध्यक्ष चिरनजीवी चापागाई आएपछि जीवन र निजीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि देखि नेतृत्व चयनसम्मका केही कडा निर्देशनले बीमा कम्पनीहरुको कर्पोरेट सुशासन बलियो बन्दै गएको बीमा कम्पनीका एक सीइओले पंक्तिकारसंग बताए । पछिल्लो समय दाबी भुक्तानीमा जीवन बीमा कम्पनीहरु कठोर भएपछि बीमा समितिमा उजुरीको चाङ पुगेको भने देखिन्छ । यो राम्रो पक्ष भने होइन ।

नयाँ बीमा कम्पनीहरुको करिब ७ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने बाध्यता छ । बीमा कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्ने देखिन्छ ।

नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा नयाँ निर्जीवन बीमा कम्पनी बजार छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी बजारमा नयाँ आएका हुन् ।

नयाँ बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले हालै सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने बाँकी ११ वटा नयाँ बीमा कम्पनीहरुले ६ अर्ब २५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको देखिन्छ ।

जसमा सिटिजन लाइफले ७५ करोड ,जनरल इन्स्योरेन्सले ३० करोड, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा जनरल इन्स्योरेन्सले ३० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी गर्नु पर्ने अवस्था छ । तर, कोरोना महामारी फैलिएकोले यी कम्पनीहरुको आईपिओ अन्यौलमा पुगेको छ र पुँजी बृद्धिमा झड्का लागेको देखिन्छ ।

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनिहरु सानिमा , प्रभु , रिलायवल, आईएमई ,महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, ज्योति लाईफको २ अर्ब २० करोड , युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ भने निर्जिबन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको चुक्ता पूंजी १ अर्ब पुग्ने देखिन्छ । पूँजी बृद्धिसंगै ब्यापार र अन्य सूचकमा राम्रो देखिने भएकाले यी बीमा कम्पनीहरु आईपिओ बजारमा लैजान आतुर देखिएका छन् भन्दा अब फरक पर्दैन ।

13345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका