जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • दसैँको बिदाका दिन माछापुच्छ्रे बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

दसैँको बिदाका दिन माछापुच्छ्रे बैंकका यी शाखाहरु खुला रहने (सूचीसहित)

माछापुच्छ्रे बैंकले दसैँको बिदाका लागि केही शाखाहरु खुला गरेर ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ।

बैंकले ग्राहकको सहजताका लागि विभिन्न स्थानमा दसैँ काउन्टर खुला गर्न लागेको हो।

बैंकले असोज १६ गते (सप्तमी)का दिन विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरिया शाखा खुला गर्नेछ।

यसैगरी असोज १७ गते (अष्टमी)का दिन बैंकका इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, लेखनाथ, बगर, दमौली, दुलेगौँडा, नेपालगन्ज र महेन्द्रनगर शाखा खुला रहनेछन्।

असोज १८ गते (नवमी)मा भने बैंकले विराटनगर, बिर्तामोड, दमक, नारायाणटार, कलंकी, सूर्यविनायक, पर्सा, लेकसाइड, बागलुङ, भिमाद, आँबुखैरेनी, परासी र धनगढी शाखा खुला गर्नेछ।

असोज १९ गते (टीकाका दिन) भने देशभर बैंकका शाखाहरु बन्द रहनेछन्। भोलि असोज २० गते (एकादशी) मा बैंकको जनकपुर, राजविराज, डल्लु, पुल्चोक, दमौली, आईबीआईडी, महेन्द्रनगर, डडेल्धुरा, बनेपा र हाकिमचोक शाखाहरु खुला रहेछन्।

असोज २१ गते (द्वादशी)का दिन बिर्तामोड, आदर्शनगर, चाबहिल, दुलेगैँडा, आँबुखैरेनी, वालिङ, नेपालगन्ज र राजपुर शाखा खुला रहने बैंकले जनाएको छ।

यी शाखाहरुमध्ये कुनै शाखा बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म, कुनै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र कुनै ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा आउनेछन्।

5380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्