Sticky Breaking News
बैंक र वित्तिय संस्थामा कोरोनाः एकको मृत्यु, सयौं विरामीः हामी कहाँ र कसरी चुक्यो ?
अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा ३१२ जनाले ज्यान गुमाएका छन्, भने ४९ हजार भन्दा बढि बिरामी परेका छन् । लामो लकडाउनपछि खुलेको नेपालमा अहिले फेरि निषेधाज्ञा जारी नै छ । तर, हामी बीच कोरोना भाइरस समुदायस्तरमै फैलिएको संकेत देखा पर्न थालेको छ ।
विगतमा ४ महिना लकडाउन हुँदा ३/४ जनामा देखिएको कोरोना भाइरस दिनैमै ६/७ जनाको मृत्यु हुने अवस्था कसरी आयो हामी कहाँ चुक्यौ ? कसरी चुक्यो ? यो सबेलाई थाहा नै छ । जब लकडाउन खुल्यो तब सबै जस्तो जिल्लाबाट व्यापार गर्न वा अन्य कुनै उद्देश्यले हामी राजधानीमा जम्मा भए र हामीले नै कोरोना भित्र्यायौ भन्दा अब चाहि फरक पर्दैन ।
जब राजधानीमा भीडभाड बढ्यो । त्यसको असर सबैतिर फैलियो र यससंगै समुदाय भित्रै कोरोना पस्यो भन्दा अब फरक नपर्ला । लकडाउन खुल्यो कर बुझाउने, बैंकको किस्ता, इन्स्योरेन्स पोलिसीको किस्ता तिर्ने देखि पेन्सीन पट्टा लिनेहरुको भिड बन्यो बैंक र यसका शाखा कार्यालयहरुमा ।
हामीले बैंक पस्दा र बाहिर निस्कदा सचेतना अपनायौ कि अपनाएनौ ? करिब १÷२ घण्टा लाइन बस्दा कति पटक माक्स र सेनिटाइजर लगायौ ? यसको उत्तर हामीसंग छैन । बैंकका सीसीक्यामरा भित्र नै होला । यसैको फलस्वरुप आज अत्यावश्यक सेवा भित्र पर्ने बैंक र बैंकका कर्मचारीलाई कोरोना भाइरसले घेरेको छ भन्दा पनि फरक पर्दैन ।
बैंकका एक कर्मचारीको कोरोनाबाटै मृत्यु भएको दुखद खबर हामीले पायौ । सयौ बैंकका कर्मचारी आइसुलेसन र होम क्वारेनटाइनमा बसेको समाचार पढ्न र लेख्न पाएका छौं । नेपाल राष्ट्र बैंकले समयमै निर्देशन जारी गर्दै भनेको थियो । कोरोना रोकथामका सुरक्षाका सबै उपाय अबलम्बन गर्नु । तर, हामीले कति ग¥यौ निर्देशनको पालना ? यसको पनि खोजी गर्ने समय आएको जस्तो छ ।
शनिवार दिउँसो सम्म बैंकका कर्मचारीमा कोरोना भाइरस र यसबाट भएको मृत्युको कथा डरालाग्दो देखिन्छ ।
पोखरामा कोरोना संक्रमणबाट एकजा बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षागार्डको मृत्यु भएको पुष्टि भइसकेको छ । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् ।
पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको मात्रै छैन, डरलाग्दो पनि देखिन्छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव दुईसय बढी बेंकवित्तमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ ।
त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय दुइदर्जन बैंकवित्तमा गरी थप ३७ जनामा कोरोना पुष्टि भैसकेको देखिन्छ ।
यसअघि विभिन्न बैंकवित्तमा गरी करिव २ सयजनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय सुदुरपश्चिमका विभिन्न बेंकका शाखामा गरी १६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका विभिन्न शाखामा पनि कोरोना देखिएको छ । न्यूरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटका बैंकिङ शाखा र मुख्य कार्यालयमा कोरोना संक्रमण देखिएको छ ।
केही बैंकको एउटै शाखामा धेरै जनामा कोरोना देखिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका धेरै कर्मचारीमा कोरोना देखिएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाश बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलीएको छ । काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका छन् ।
नेपालगञ्ज, बीरगञ्ज, बीराटनगर, धनगढी, धादीङ, भैरहवा, हेटौडा, लाहान सहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । हाल केहीदिन यता काठमाडौं उपत्यका भित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरु र मुख्य कार्यालयमै कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्रमा सन्त्रास बढेको मात्रै छैन । उच्च जोखिमका साथ बैंकहरुले सेवा सानो फोरमबाट भएपनि दिइरहेका छन् । यो राम्रो पक्ष हो ।
पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड त दिएका छन् । तरपनि कोरोना बैंकमा बढेको देखिन्छ । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । देशका विभिन्न जिल्लामा निशेधाज्ञा भएसँगै बैंकवित्तले भेटघाटलाई रोक लगाएका छन् ।
कतिपय बैंकले केन्द्रीय कार्यालय खोले पनि अधिकाश कर्मचारीलाई विदा दिएका छन् । केही बीमा क्षेत्रका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ भने वित्तीय क्षेत्रमा परिक्षण भएमध्यमा २ सय बढीमा संक्रमण देखिएको छ ।
कोरोना भाइरसको प्रभावका कारण देशमा निषेधाज्ञा जारी भएसँगै पोखरा क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुमा रकम लिनेहरुको भिड बढेको देखिन्छ ।
जुन महिनाको पहिलो तारिख भारतिय तथा बेलायती भूतपूर्व सैनिकहरुको समेत पेन्सन बुझ्ने समय भएकोले गर्दा पोखरा क्षेत्रका एसबीआइ र एभरेष्ट बैंकहरुमा प्रायः अत्याधिक भिड भएको थियो ।
बैंकका सुरक्षा गार्ड र नेपाल प्रहरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्दै लाइनमा बसाल्न हम्मेहम्मे हुने गरेको थियो ।
उपत्यकाका बैंक तथा वित्तीय संस्थामा जाँदा कतिपय शाखा कार्यालयका सुरक्षा गार्डको हातमा भएका थर्मलगन बिग्रिएको कतिपयमा शाखा र एटीएम बुथमा समेत सेनिटाइजरको व्यवस्था अझै गरिएको छैन । यी र यस्त गल्तीले नै कोरोना निम्ताएको हो भन्न अब पछि पर्नु हुँदैन ।
विगतमा सरकारले राजस्व बुझाउने समय तोकिदिएको कारण जरिवाना तिर्नुपर्छ भनेर सेवाग्राही कर बुझाउन जाँदा बैंकको राजस्व काउन्टरमा भिड लागेका दृश्यले स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा नभएको कारण बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको देखिन्छ ।
बैंक उच्च व्यवस्थापनको चरम लापरबाहीले गर्दा बैंकका कर्मचारीलाई कोरोना संक्रमण बढेको स्वमय् कर्मचारीको गुनासो हामीलाई आएको छ । दैनिक हजारौँ व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउने बैंकका तल्लो तहका कर्मचारीको स्वास्थ्य सुरक्षामा बैंक व्यवस्थापनले यति धेरै चिन्ता नलिएको देखिन्छ ।
अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाले सेवा दिँदा न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि जरुरी रहेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम् स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र कार्यालय सञ्चालन गर्न आधा दर्जन बढी निर्देशन जारी गरिसकेको थियो । तर, यो कति पालना भए यसको उत्तर कसले दिने ?
केन्द्रीय बैंकले बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष रहने कर्मचारी तथा सेवाग्राहीको सुरक्षा र संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय सेनिटाइजर, माक्स, किटनाशक निर्मलीकरण पञ्जालगायतको प्रयोग गर्न निर्देशन पटक/पटक दिएको थियो ।
कार्यालयमा प्रवेश गर्ने प्रत्येक कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम अनिवार्य परीक्षण गर्न समेत सुझाव दिएको छ । सामाजिक दुरी कायम गर्दै ग्राहकको चाप नहुने गरी सेवा प्रवाह गर्ने र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने सुझाव राष्ट्र बैंकको थियो । तर, हामी कहाँ चुक्यौ सीइओ साबहरु ?
विगतमा लकडाउन खुलेसँगै बजारमा भिड अत्यधिक देखिएको थियो । त्यसमाथि बैंक तथा वित्तीय क्षेत्रको त झनै बढी यहि कारण आज बैंकर माथि कोरोना पस्यो की ?
अधिकाश बैंक तथा वित्तीय संस्थामा सेनिटाइजर र थर्मल गनको व्यवस्था गरिएपनि लामो लाइनको कुनै व्यवस्थित व्यवस्थापनमा संस्था चुकेको देखिएको छ । पुरातन शैलीमै काम गरिरहेको देखियो ।
कोरोनाले अक्रान्त पारिरहेको यो परिवेशमा अत्यधिक भिड हुने स्थानमा योजनाबद्ध काम कारबाही अपरिहार्य रहेको र कुनैपनि हेलचेक्राइँ गरिनुहुन्न । भिडले नै कोरोना फैलनसक्ने कुरालाई गम्भीरताका साथ लिनुपर्नेमा दुइमत थिएन । समस्यलाई समाधानको बाटोतर्फ बैंक तथा वित्तीय संस्थाले लैजानु पर्दछ नत्र भोलीको अवस्था के हुन्छ भन्न सकिदैन ।
सावधान ! सानोमात्र हेलचेक्राइँले दुर्घटना घट्न समय लाग्दैन, यो अवस्था आउनु संस्थाको जिम्मेवारी मानिन्छ । वा अरु केही यो खोजीको पाटो होला । बैंकका कर्र्मचारीहरुको उच्च मनोबल बढाउने काम बैंक नेतृत्व कै होला त्यस कारण अझै समय छ सचेत बनौ सावधानी अपनाऔं । सचेत भया ।