जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • हुन्डाईको आधुनिक शोरूम वीरगञ्जमा

हुन्डाईको आधुनिक शोरूम वीरगञ्जमा

नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्ज(११ मा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ । यसले वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको हो । नयाँ शोरूमाले नेपालभरि आफ्नो नेपालमा पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने हुन्डाईको प्रतिबद्धतालाई झल्काउँछ।

हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एक हो। रामग्राम, नवलपरासीमा नेपालको पहिलो चार(पाङ्ग्रे गाडी असेम्ब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ । वीरगञ्ज शोरूम हुन्डाईको देशभरि उत्कृष्ट यातायातका विकल्पहरू प्रदान गर्ने ठूलो योजनाको एक हिस्सा हो ।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका