जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गर्यो

आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गर्यो

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६/७७ अर्थात् २३ औ वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस शेयर पारित पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यहि पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ  तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।

10230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका