जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआरएनएको १० औं विश्व सम्मेलन स्थगित

एनआरएनएको १० औं विश्व सम्मेलन स्थगित

आफूहरूलाई सभ्य, शिक्षित र सु-संस्कृत भन्दै ऐन मौकामा नेपालमा नै बसेका नेपालीहरूको खिसीट्युरी गर्नेहरू समेत रहेको संस्था गैर आवासीय नपाली सङ्घ (एनआरएनए) को असक्षमता पुष्टि भएको छ। आइतबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेसँगै सो संस्थाको सङ्गठन सञ्चालन क्षमतामा प्रश्न उठेको हो। 

संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको एक सचिवालय सदस्यले बताए । 

आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरी सो विश्व सम्मेलन स्थगित गरिएको हो। अब परराष्ट्र मन्त्रालय लगायतसँग समन्वय गरी नयाँ मिति तय गरिनेछ ।  महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रक्रिया रोकिएको बताइएको छ । 

यो विवादमा परराष्ट्र मन्त्रालय अनावश्यक रूपमा प्रवेश गरेको भन्ने समेत आरोप लागिरहेको छ।  तर, एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दाबी गर्दै परराष्ट्रमा उजुरी दिएपछि मात्र परराष्ट्रले एनआरएनएलाई पत्र काटेको थियो । हालको कार्यसमितिले मनोमानी ढगले पेल्ने नीति लिएपछि आचार्य समूह बाध्य भएर परराष्ट्र पुगेको उनीहरूको दाबी छ। 

स्रोतका अनुसार पछिल्लो पत्रमा संघको विधान अनुरूप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो । सो पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरू सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्नु भनेपछि स्थगनको निर्णयमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पुगेको हो। एनआरएनएमा आचार्य र बद्री केसीका साथै रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका