जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • इसेवा मनि ट्रान्सफरबाट रेमिटेन्स पाउनेलाई एक सय रुपैयाँको रिचार्ज, खातामा हाले बोनस दिने

इसेवा मनि ट्रान्सफरबाट रेमिटेन्स पाउनेलाई एक सय रुपैयाँको रिचार्ज, खातामा हाले बोनस दिने

इसेवा मनि ट्रान्सफरले ‘दसैं तिहार भर सयको अफर’ योजना ल्याएको छ। दसैंतिहार र छठ पर्वलाई लक्षित गरी कम्पनीले नयाँ स्किम ल्याएको हो।

इसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा एक सय रुपैयाँ बराबरको रिचार्ड कार्ड जित्न सकिने छ।

इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत पैसा पाउँदा रिचार्ज पाइन्छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा एक सय रुपैयाँ बराबरको बोनस प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार यो योजना मंसिर ६ गतेसम्म लागू हुनेछ। विदेशबाट पैसा पठाउनेको हकमा मात्र यो स्किम लागू हुनेछ। इसेवाले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपका मुलुकहरुबाट रेमिटेन्स भित्र्याउँदै आएको छ।

6885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?