जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • इसेवाबाट बाहिरिए ‘मास्टर माईन्ड’ अस्गर अली, अध्यक्ष बनेर भित्रिए परशुराम कुँबर क्षेत्री

इसेवाबाट बाहिरिए ‘मास्टर माईन्ड’ अस्गर अली, अध्यक्ष बनेर भित्रिए परशुराम कुँबर क्षेत्री

इसेवाबाट अस्गर अली बाहिरिएका छन् । इसेवाको मास्टर माईन्डको रुपमा काम गर्दै आएका अलीले इसेवाको संचालक पदबाटै राजिनामा दिएका छन् ।

इसेवामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर भित्रिएका अलीले पछिल्लो समय संचालक भएका काम गर्दै आएका थिए । तर उनले पछिल्लो समय संचालकबाट पनि राजीनामा दिएका हुन् । अलीले यहिँ बैशाख १२ गतेदेखि लागु हुनेगरी संचालकबाट राजीनमा दिएका हुन् ।

यसैगरी इसेवामा पूर्व बैंकर परशुराम कुँबर क्षेत्री भित्रिएका छन् । क्षेत्रीले इसेवामा अध्यक्ष भएर भित्रिएका हुन् । क्षेत्री सुरुमा संचालक भएका इसेवा भित्रिएका हुन् । संचालक समितिको बैंठकले उनलाई इसेवाको अध्यक्ष बनाएको हो । क्षेत्रीले आगामी हप्ता अध्यक्षको रुमपा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

4520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका