जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्डले पायो बैंक कन्जुमर डिजिटल अवार्ड

स्ट्याण्डर्ड चार्टर्डले पायो बैंक कन्जुमर डिजिटल अवार्ड

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार छैटौं पटक प्रतिष्ठित पुरस्कार ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’अवार्ड प्राप्त गरेको छ ।

ग्लोबल फाइनान्स न्यूयोर्कले उक्त अवार्ड दिएको हो। यो पुरस्कार स्ट्याण्डर्ड चार्टर्डले एशिया प्यासिफिक समूह अन्तर्गत प्राप्त गरेको हो।

बैंकले यो अवार्ड डिजिटल ग्राहकहरुलाई प्रदान गर्ने सेवा र आकर्षण गर्न अपनाएको रणनीतिक शक्ति, डिजिटल सेवाहरु प्रयोग गर्नमा ग्राहकहरुमा पाएको सफलता, डिजिटल ग्राहक संख्यामा वृद्धि, बैंकिङ सुविधाहरुको व्यापक उपलब्धता, डिजिटल पहल र वेबसाइट/मोबाइल डिजाइनबाट पाएको जिकिर गरेको छ।

बैंकले शुरु गरेको मोबाइल २.० एप र बैंकको अनलाइन च्यानलहरुमार्फत् गरिएका अन्य धेरै सेवा कारण डिजिटल सेवालाई आक्रामक रूपमा वृद्धि गरेको जनाएको छ। ग्राहकहरुलाई डिजिटल माध्यमहरु प्रयोग गरेर उनीहरुको बैंकिङ्गआवश्यकताहरु पूरा गर्नमा सक्षम बनाउन सेवाहरुको क्रम थपेको छ।

9290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका