जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बिहीवारदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्ने गरी साउन २२ गतेसम्म उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

प्रतिशेयर न्यूनतम मूल्य रू. ५०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ । यो शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन १४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले गराएको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

5225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका