जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सहकारी ठगीमा फरार ढोरपाटनका मेयर भारतमा पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर भारतमा पक्राउ

सहकारी ठगीको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्।

एक वर्षभन्दा लामो समयदेखि फरार नेपालीलाई भारतको दिल्लीमा पक्राउ गरिएको हो। उनलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीमाथि बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ। बागलुङ र पोखराका बचतकर्ताले आफूविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी फरार भएका थिए। उनीविरुद्ध गत माघ १२ गते रेडकर्नर नोटिस जारी गरिएको थियो।

नेपाली सत्तारुढ नेकपा एमालेका नेता हुन्। उनले बचतकर्ताको रकम हिनामिना गरेर व्यक्तिगत सम्पत्ति जोडेका छन्। नेपालीले स्वयंले नै आफ्नो र पत्नीको नाममा बागलुङ, पोखरा र काठमाडौंमा १८ वटा घर रहेको यसअघि नै बताइसकेका छन्।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका