जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ६ महिनापछि सरकारले विदेशी मदिरा आयातको प्रतिवन्ध फुकुवा गर्‍यो

६ महिनापछि सरकारले विदेशी मदिरा आयातको प्रतिवन्ध फुकुवा गर्‍यो

सरकारले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको छ। मन्त्रिपरिषद् बैठकले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको हो। कोभिडपछि चैत २४ गते राजपत्रमा सुचना प्रकासित गरेर मदिरा आयातमा प्रतिवन्ध लगाएको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई महिना अघिनै विदेशी मदिरा आयात प्रतिवन्ध फुकुवा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेको थियो। डा. युवराज खतिवडा अर्थमन्त्री रहेका बेलानै राजस्वमा प्रतिकुल प्रभाव परेको भन्दै अर्थले वाणिज्य मन्त्रालयलाई मदिरा आयात फुकुवाको प्रस्ताव पठाउन आग्रह गरेको थियो।

आयातमा प्रतिवन्ध लगाउँदा भारत हुँदै विदेशी मदिरा अवैध रुपमा आउन थालेका थिए। आयात रोकिएको केही समयमा नेपालमा चल्ने केही ठूला ब्राण्डका विदेशी मदिराको स्टक सकिएको थियो।

अवैध रुपमा विदेशी मदिरा आउन थालेपछि राजस्वमा समेत नोक्सानी हुन थालेको थियो। एक वर्षमा नेपालमा विदेशबाट एक अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा आयात हुने गरेको छ। एक अर्बको मदिरा आयात हुँदा सरकारले त्यसमा तीन अर्ब रुपैयाँ राजस्व पाउँछ।

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका