जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरोना कहर बीच बैंकहरुमा कर्जा खोसाखोसले बढायो बिकृत्ती र विसंङ्गती, बैंकहरु विग्रेका ऋणीलाई भित्र्याउदै, धितो मुल्याङ्कनमा समेत मनपरीः नेपाल राष्ट्र बैंक बेखबर ?

कोरोना कहर बीच बैंकहरुमा कर्जा खोसाखोसले बढायो बिकृत्ती र विसंङ्गती, बैंकहरु विग्रेका ऋणीलाई भित्र्याउदै, धितो मुल्याङ्कनमा समेत मनपरीः नेपाल राष्ट्र बैंक बेखबर ?

नेपालको बैकिङ्ग क्षेत्रमा कोरोना कहरबीच एकले अर्कोको कर्जा खोस्ने काम तिब्ररुपमा बढेको छ भन्दा अब चाहि फरक पर्दैन । विगत ७/८ महिना देखि कोरोना भाइरसका कारण व्यापार विस्तारमा सुस्तता आएसंगै र लकडाउन खुलेसंगै २७ वाणिज्य बैंकहरु व्यापार बढाउन ऋण नै खोसाखोस गर्दै छन् भन्दा अन्यथा नहोला ।

एउटा बैंकमा विग्रिएका कर्जा अर्को बैंकले खोसेपछि असल वर्गमा वर्गिकरण गरिने परम्परा फेरि मौलाएको भेटिएको छ । कोरोना महामारी बीच सम्स्यामा परेर विग्रेको कर्जालाई अर्को बैंकले खोस्दै असल र राम्रो भन्दै कर्जा दिनु कति उचित होला । यो चाहि खोजीकै विषय बन्दै गएको छ ।

एक वाणिज्य बैंकका सीइओले आक्रोशित हुँदै पंक्तिकारसंग नाम नलेखिदिने शर्तमा भनेः हाम्रो बैंकले वाच लिष्ट भन्दा माथी राखेको कर्जाका ऋणीलाई अर्को वाणिज्य बैंकले खोसेर असल वर्गमा देखाएको छ । यो कस्तो बैंकिङ्ग हो ? उनीले दाबी गर्दै भने हो बैंकहरुमा तरलता छ भन्दैमा कर्जा नै खोसाखोस गर्दा निकट भविषयमा विकृत्ती र बिसंगती बैंकिङ्ग क्षेत्रमा भित्र्याउनु हो । भनिन्छ यसरी खोसाखोस गरेर दिएका कर्जाले भोलि बैकिङ्ग इतिहासमै खतरा हुने छ र बैंकिङ्ग प्रणालीमै उच्च जोखिम बढ्ने देखिन्छ ।

अहिले नेपालका २७ वाणिज्य बैंकहरुले घरजग्गाको मुल्याङ्कननै पहिला भन्दा बढि गरि कर्जा दिएको भेटिएको छ । एक ठुलो बैंकका सीइओले दशैंको शुभकामना दिन फोन गरेको भन्दै पंक्तिकारलाई भने मेरो बैंकले २० करोड कर्जा दिएको धितोमा फरक बैंकले बढि मुल्याङ्कन गरि ठिक डबल ४० करोड दिएको भेटिएको छ । उनीले थपे यसबाटै प्रस्ट हुन्छ नेपालको बैंकिङ्ग प्रणाली कता जान खोजिरहेको छ भनेर ।

हिजो डिपोजिट ब्याजदरमा २७ वाणिज्य बैंकहरुबीच बोलचाल समेत बन्द जस्तो अवस्था आयो । आज कर्जा खोसाखोसले फेरि बैंकर, बैंकर बीच चिसोपन पलाएको भेटिएको छ । कोरोना कहरबीच २७ वाणिज्य बैंकहरुमा उच्च तरलता (पैसा) थुप्रिएको छ । यसैको मौका छोपी बैंकहरुले एउटाको खराब बन्दै गएको कर्जा खोसी असल ऋणी भनी कर्जा दिनु कत्ति जायत होला ?

पछिल्लो समय प्रभु बैंकले एग्रेसीभ ग्रोथका लागि अन्दाधुन्द कर्जा विस्तार गरेको उसैको पछिलो वित्तिय विवरण बाटै प्रस्ट देखिन्छ । यतिसम्मकी प्रभु बैंकले नयाँ ऋणी मात्र होइन अर्को बैंकमा भएका खराब बन्दै गएका ऋणीहरुलाई खोसी आफ्नो व्यापार बढाउने नाममा कर्जा प्रवाह गरेको खुलेको छ । भनिन्छ प्रभु बैंकले कर्जा नै खोसाखोस गर्न आधार ब्याजदर घटाएको भेटिएको छ ।

प्रभु बैंकले ६ प्रतिशत सम्मको बचतकर्ताहरुको ब्याज घटाएर ४ प्रतिशत पु¥याएको देखिन्छ । यो कस्तो बैकिङ्ग हो । यसै आधारमा ब्याजदरमाथी टेकेर प्रभु बैंकले अर्को बैंकको कर्जा खोसेको एक बैंकरले पंक्तिकारसंग बताए । अधिकाशं बैंकहरुले ब्याजस्प्रेट ४.४ भन्दा माथी नहुने व्यवस्था गरेको भेटिएको छ । राष्ट्र बैंकले दिएको निर्देशन पालना गरेका यी बैंकहरुले ऋण लगानीमा ब्याज घटाएर अर्को बैंकको विग्रीएको कर्जा खोसी असल भन्दै कर्जा दिएको देखिन्छ । कहाँ छ नेपाल राष्ट्र बैंक किन बोल्दैन ।

यतिसम्मकी आफूलाई ठूला र राम्रा भन्ने बैंकहरुले ८÷१० प्रतिशत होइन आधारदरमै बसेर ऋण दिएको भेटिएको छ । यो ऋाणीका लागि बम्पर उपहार होला तर, उस्तै उस्तै यापार गर्ने बैंक बीच चाहि कडा प्रतिस्पर्धा मात्रै होइन विकृती समेत पैदा गरेको भन्न सकिन्छ । कोरोना कहरबीच ब्यापार घटेको र आउँदा दिनमा नाफा घट्ने र आफ्नो महंगो सीइओ पद संकटमा पर्ने भएपछि नयाँ ऋणी नपाएपछि २७ वाणिज्य बैंकहरु पूरानै ऋणीलाई ब्याजदरको लोभ देखाउँदै कर्जा खोसाखोसमा लागेको देखिन्छ । यो राम्रो पक्ष पटक्कै होइन ।

ठूला नबिल र नेपाल इन्भेष्टमेण्ट बैंकले फिक्स डिपोजिटमा ९ प्रतिशत भन्दा बढि ब्याज दिएका छन् । कारण के हो भविष्यमा यसले अन्य बैंकहरुमा तरलताको कस्तो प्रभाव पार्दछ अनुमान गर्न कठिन छ । एकातीर डिपोजिट ब्याजदरमा तानातान अर्कोतिर कर्जा खोसाखोसमा यसले कोरोना कहरबीचको बैकिङ्ग प्रणालीलाई कता लैजाने हो । यो चाहि सोचनीय विषय बनेको देखिन्छ । सचेत भया ।

 

5560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?