जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई २३ अर्ब बीमा दाबी भुक्तानी

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई २३ अर्ब बीमा दाबी भुक्तानी

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४ सय १९ रुपैयाँ दाबी भुक्तानी गरेको छ। लामो समयदेखि स्वास्थ्य बीमाबापतको दाबी रकम पाउन नसकेका अस्पताल तथा प्रतिष्ठानहरूलाई सोमबार बसेको बोर्ड बैठकको निर्णयअनुसार उक्त बक्यौता रकम भुक्तानी गरिएको हो।

बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ को असोजदेखि मंसिर मसान्तसम्मको १८ अर्ब ६४ करोड ९१ लाख ३३ हजार १४१ र आर्थिक वर्ष २०८२/८३ को ९ अर्ब १६ करोड ७९ लाख २० हजार ३३८ रुपैयाँसहित कुल रुजु दाबी रकम २७ अर्ब ८१ करोड ७० लाख ५३ हजार ४८० रुपैयाँ पुगेको थियो। यसअघि ४ अर्ब ३६ करोड ६९ लाख १२ हजार ५९० रुपैयाँ पेश्की फरफारक गरिसकिएकाले बाँकीमध्ये आव २०८१/८२ को सम्पूर्ण र २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मको स्वीकृत दाबी रकम भुक्तानी गरिएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिइन्।

भुक्तानीअन्तर्गत देशकै ठूलो सरकारी अस्पताल वीरले ४ करोड ४८ लाख ८७ हजार ७६२ र त्रिवि शिक्षण अस्पतालले ४ करोड ४ लाख ४ हजार १९४ रुपैयाँ पाएका छन्। त्यस्तै, चितवन मेडिकल कलेजलाई १ करोड १८ लाख ६६ हजार ९०८, भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पताललाई ४ करोड २१ लाख २९ हजार ३० तथा ख्वपा अस्पताललाई ३ करोड ३९ लाख ५६ हजार ८८४ रुपैयाँ दाबी भुक्तानी गरिएको छ। रोकिएको दाबी रकम भुक्तानी भएसँगै अस्पतालहरूको सेवा प्रवाह थप सहज हुने बोर्डले अपेक्षा गरेको छ।

 

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर