जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • गुराँस लाइफलाई नेप्सेको स्पष्टिकरण, लाभांश संशोधन गर्न समितिको निर्देशन

गुराँस लाइफलाई नेप्सेको स्पष्टिकरण, लाभांश संशोधन गर्न समितिको निर्देशन

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नेपाल स्टक एक्सचेन्जले स्पष्टीकरण सोधेको छ ।  नेप्सेले आर्थिक वर्ष २०७४र७५ का लागि प्रस्तावित लाभांश पटकपटक संशोधन गरेको आरोपमा स्पष्टिकरण सोधेको हो ।

कम्पनीले गरेको  प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत कात्तिक ४ गते पत्र पठाई गुराँस लाइफसँग यस विषयमा चित्तबुझ्दो जबाफ माग गरेको हो। कम्पनीले १३.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो भने  बीमा समितिले उक्त लाभांश अस्वीकृत गरेपछि पुन अर्को लाभांश प्रस्ताव गर्न निर्देशन दिएको थियो।

मा समितिको निर्देशनपछि कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउने ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। तर कम्पनीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ हकप्रद सेयर जारी भई सो हकप्रद सेयर नेप्सेमा सूचीकरण भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएको छ।

7730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका