जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म

मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म

मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्थानमा छुटको विषेश अफर सार्वजनिक गरेको  छ ।  बैंकका ग्राहकले काठमाडौंको व्लुक्रस अस्पतालमा १० प्रतिशत,धुलिखेल माउटेन्ट रिसर्टमा १० प्रतिशत, स्तुपा रिसर्ट नगरकोटमा १५ प्रतिशत जम्बाला रिसर्ट खोटाङमा १५ प्रतिशत छुट पाउने व्यबस्थामा सम्झौता भएको बैंकले जनाएको छ ।

त्यस्तै, ल्याण्डमार्क होटल पोखरा, काठमाडौं र चितवनमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंको रेष्टुरेष्टमा १५ प्रतिशत, दवकर्नर सुन पसल काठमाडौंमा ३० प्रतिशतसम्म छुट पाउने व्यबस्था गरेको बैंकले जनाएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्गकारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंक विश्वास लिएको जनाएको छ ।

साथै बैंकको ग्राहकले भिषा नेवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

13955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका