दशैंमा प्रहरीले २ रुटमा निशुल्क बस संचालन - Aathikbazarnews.com Aathikbazarnews.com दशैंमा प्रहरीले २ रुटमा निशुल्क बस संचालन - Aathikbazarnews.com
जोडिनुहोस
बिहिबार, माघ १६, २०७६
बिहिबार, माघ १६, २०७६
  • होमपेज
  • दशैंमा प्रहरीले २ रुटमा निशुल्क बस संचालन

दशैंमा प्रहरीले २ रुटमा निशुल्क बस संचालन

नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो ।

बिहान ११:०० देखि साँझ ४:०० बजेसम्म सञ्‍चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् ।

यस्तै रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् । प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका