जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सांघाई उडान

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सांघाई उडान

हिमालय एयरलाइन्सले शनिबारदेखि काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरु गरेको छ। नेपाल र चीन बीचको हवाई सम्पर्क बढाउँदै यात्रुलाई सेवा दिन चिनियाँ गन्तव्य विस्तार गरेको कम्पनीले जनाएको छ।

पहिलो आउटबाउन्ड उडानमा हिमालयको जहाज १३८ यात्रु लिएर त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ९:५० मा प्रस्थान गरेको हो। सांघाइको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ ४:३१ बजे अवतरण गर्ने छ। उडान अवधि ४ घण्टा ७ मिनेटको रहने जनाइएको छ।

डिसेम्बर २ पछि सुरुमा हरेक शनिबार मात्र उडान सेवा सञ्चालनगर्ने योजना रहे पनि डिसेम्बर २० देखि साताको दुई दिन बुधबार र शनिबार उडान सेवा बिस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। सांघाइ उडानसँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो तेस्रो सिधा उडान सेवा भएको छ। हिमालयले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित उडान गर्दै आएको छ।

शनिबार सांघाइ उडान शुभारम्भ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सी युको उपस्थिति थियो। हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठले अतिथिलाई स्वागत गरेका थिए।

हिमालय एयरलाइन्ससहित ६ वटा वायुसेवा कम्पनीले चीन–नेपाल उडान गर्दै आएका छन्।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका