जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुर्या लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डेले राजीनामा दिए

सुर्या लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डेले राजीनामा दिए

सुर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् ।

पाण्डेले मंसिर १ देखि लागु हुने गरी संचालक समिति समक्ष सोमबार राजीनामा बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका चार्टर्ड एकाउन्टेन्ट पाण्डे २०७३ फागुनमा सुर्या लाइफ इन्स्योरेन्सको सीइओ पदमा नियुक्त भएका थिए ।

३ महिना कार्यकाल बाँकी रहदै पाण्डेले राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको कम्पनी स्रोतले जानकारी दियो ।

पाण्डे जीबन बीमा कम्पनीहरुको छाता संगठनका अध्यक्ष पनि हुन् ।

पाण्डे सीइओ भएपपछि त्यसअघि हुन नसकेका ३/४ आर्थिक वर्षको साधारणभसा गराएका थिए । साधारणसभा भएपछि अड्किएको बोनस लगानीकर्ता र कर्मचारीले खान पाएका थिए ।

पाण्डेले नियामक निकाय बीमा समितिसँगको कम्पनीको सम्बन्ध सुमधुर बनाएका थिए । बीमा समितिको अध्यक्षमा राष्ट्र बैंकका पाण्डेका सहकर्मी चिरञ्जीबी चापागाईं भएकाले सूर्याको सम्बन्ध अत्यन्तै सुमधुर भएको थियो ।

पाण्डे सीइओ भएर जाँदाखेरी सूर्याको कूल कारोबार ३२ करोड थियो । अहिले २ अर्ब रुपैयाँको हाराहारीमा छ । त्यस्तै, करिब ३ अर्ब रुपैयाँ बराबरको लगानी कोष अहिले १० अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी, १/२ करोड रहेको नाफा अहिले २५ करोडको हाराहारीमा पुगेको छ ।

पाण्डेले व्यवस्थापकीय नेतृत्व सम्हाले पछि कम्पनीले उल्लेख्य प्रगति हासिल गरेको तथ्यांकहरुले देखाउँछन् ।

पाण्डे ०२० असोज २७ गते स्याङजाको दीर्घा अर्घले गाउँमा परिवारमा जन्मिएका हुन् । नेपालबाट ०४६ सालमा कमर्शमा बिकम गरेका पाण्डेले ०५४ मा भारतबाट चाटर्ड एकाउन्टेन्ट पूरा गरेका छन् ।

राष्ट्र बैंकमा ०४२ साल बैशाख ३ गते नोकरी सुरु गरेका पाण्डे ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । तत्कालीन गभर्नर डा. चिरज्बीबी नेपालले डेपुटी गभर्नरका लागि पाण्डेको नाम सिफारिस गरे पनि सरकारले उनलाई नियुक्त गरेको थिएन । डेपुटी गभर्नर नभएपछि उनले ३० वर्षे सेवा अवधिका कारण ०७३ साल पुस ३ गते अवकाश पाएका थिए ।

पाण्डेसँग कृषि सामाग्री संस्थान र नेपाल सरकारबीचको फरफारक र पेट्रलियमसँग सम्बन्धित भानु आयोगमा बसेर काम गरेको अनुभव छ । त्यस्तै, लुम्बीनी बैंक सुधार गर्न राष्ट्र बैंकले पठाएको टोलीको सदस्यकारुपमा साढे २ वर्ष र एक वर्ष एनसीसी बैंकको व्यवस्थापनको संयोजक भएर सुधारका काम गरेको अनुभव पनि छ । निजीकरणसम्बन्धी सरकारका विविभन्न प्राजेक्टमा काम गरेका पाण्डेलाई करको विषेशज्ञकारुपमा चिनिन्छन् ।

झन्डै ४ वर्ष बीमा कम्पनीको सीइओ भएर काम गरेपछि अब उनीसँग बीमाको अनुभव पनि भयो । स्रोतका अनुसार पाण्डे आफ्नै अडिट फर्म चलाउन लागेका छन् ।

7870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका