जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • विदेश घुम्न जाँदा पाँच हजार अमेरिकी डलर साट्न पाइने

विदेश घुम्न जाँदा पाँच हजार अमेरिकी डलर साट्न पाइने

नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाँदा पाँच हजार अमेरिकि डलरसम्म सटही गर्न मिल्ने व्यवस्था गरेको छ। शुक्रबार सर्कुलर जारी गर्दै यो सुविधा २५ सय/२५ सय गरी एक वर्षमा दुई पटकका दरले दिने जनाएको छ।‘भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत एकपटकमा अमेरिकी डलर २५ सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ,’ सर्कुलरमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गरी एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो। यसअघि अमेरिकी डलर १५ सयसम्म सटही गर्ने सुविधा थियो । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यस्तो सुविधा लिन सकिने छ ।

वैदेशिक रोजगारीमा जानेलाई भने सटही सुविधामा दुईसयअमेरिकी डलरसम्मको सीमा तय गरेको छ।

3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?