जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंक बन्द हुने

कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंक बन्द हुने

नेपाल बैंकर्स संघले २ दिन बैंकहरु बन्द हुने जानकारी दिएको छ ।

नजिकिदै गएको तिहारको विदाका कारण कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकहरु बन्द हुने भएका हुन् ।

सो अवधिमा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने यथावत नै रहने संघले बताएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालका वाणिज्य बैंकका कर्मचारीहरुमा समेत संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । हालसम्म ६ हजारभन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको संघले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग ग्राहकवर्गमा संघले अनुरोध गरेको छ ।

5365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?