जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेसको उपहार योजनामा स्वादेन लिम्बुले पाए १ लाख रुपैयाँ

सिटी एक्सप्रेसको उपहार योजनामा स्वादेन लिम्बुले पाए १ लाख रुपैयाँ

सिटी एक्सप्रेस मनी ट्रान्सफरकोे “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना अन्तरगत संयुक्त अधिराज्य (यूके) मा कार्यरत स्वादेन लिम्बुले १ लाख रुपैयाँ जितेका छन् ।

यूकेबाट रेमिटान्स पठाएका उनले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्ने क्रममा सो राशीको रकम हात पारेका हुन् । कम्पनीले यसअघि दसैँ, तिहार र छठ्लाई लक्षित गर्दै ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने उक्त उपहार योजना घोषणा गरेको थियो ।

उक्त उपहार योजनामा अन्तरगत लक्की ड्रमार्फत् हरेक महिना एक जनालाई १ लाख, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने रहेको छ ।

सोही योजना अनुरुप अहिलेसम्म ३ हजार १०० जनाले ५०० रुपैयाँको वालेट टपअप, २० जना सप्ताहिक बिजेताहरुले जनही २५ हजार रुपैयाँ जित्न सफल भैसकेका छन् भने एक जना भाग्यशाली मासिक बिजेताले १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार उक्त अफर असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । उक्त अवधिभरी कम्पनीमार्फत् विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने पाउने छन् ।

कम्पनीले रेमिटान्स क्षेत्रमा छुट्टै पहिचान बनाउदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले देशभर छरिएर रहेका २५ हजारभन्दा बढि भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको बताएको छ ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका