जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकर तथा पूर्व सीइओ अजय श्रेष्ठसहित ११ जना कर्मचारीलाई पक्राउ

बैंकर तथा पूर्व सीइओ अजय श्रेष्ठसहित ११ जना कर्मचारीलाई पक्राउ

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पाँच करोड रुपैयाँ ऋण दूरुपयोग बारे उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो।

प्रहरीले पूर्वसीइओ श्रेष्ठलाई गत शुक्रबार नियन्त्रणमा लिएको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डलेले जानकारी दिए ।

‘खोलाको जग्गा धितोमा बैंकले ऋणन प्रवाह गरेको अभियोगमा ऋाणी, बैंकका सीइओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उहाँहरु पक्राउ पर्नुभएको हो,’ प्रवक्ता पाण्डेले भने, ‘ऋणी र भ्यालुएटर भने अझै फरार छन्, हामी खोजिरहेका छौं ।’

प्रहरीले पूर्वसीइओसहित ३ जना पूर्व कर्मचारी र उक्त ऋण प्रक्रियामा सहभागी ३ जना बहालवाला कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शुष्मा शाह, बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी छन् ।

झापाका एक ऋणी (सुरेन्द्र श्रेष्ठ)ले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए ।

ती ऋणीले ऋणको सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पुर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो । यस्तो तथ्य फेला परेपछि बैंकले केही समयअघि ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

तर, प्रहरी बैंकका कर्मचारी हुँदै सीइओ श्रेष्ठसम्म पुग्यो ।

अजय श्रेष्ठ अत्यन्तै इमानदार बैंकर मानिन्छन् । कार्यालयमा समेत दैनिक आफैंले घरबाट खाजा बनाएर ल्याउने गर्दथे ।

सीइआइबीले एकाएक त्यस्ता इमानदार व्यक्तिलाई पक्राउ गरेपछि बैंक अफ काठमाण्डूका अहिलेका सीइओ शोहनदेव पन्त र सञ्चालकहरु अचम्ममा परेका छन् । प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको खबर पाएपछि बैंक अफ काठमाण्डूका सीइओ र सञ्चालकहरु प्रहरीकहाँ पुगेका थिए । उनीहरुले यो घटनामा श्रेष्ठको केही पनि दोष नरहेको प्रष्ट पारेका थिए ।

बैंक सञ्चालक समिति जमानी बसेर श्रेष्ठलाई छुटाउने प्रयास गरेको थियो । तर, प्रहरीले मानेन । त्यसपछि राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरले पनि सीआइबी प्रमुखलाई फोन गरेर श्रेष्ठ अत्यन्तै इमानदार भएकाले उसलाई पक्राउ नगरी अनुसन्धान गर्न भनेको थियो । त्यसो गर्दा पनि प्रहरीले मानेन ।

अजेय श्रेष्ठ बैंकिङ कसूर गरेको अभियोगमा पक्राउ परेको खबरले बैंकहरुहरुलाई तनाब बनाएको छ ।

‘जम्मा ५ करोड रुपैयाँ ऋणको विषयलाई लिएर अजय श्रेष्ठजस्तो इमानदार बैंकर पक्राउ पर्नु अत्यन्तै खुखद घटना हो,’ एक बैंकरले भने, ‘बैंकको सीइओले कतिवटा फाइलमा सही गरेको हुन्छ, आफूभन्दा तलका कर्मचारीले गरेको रिपोर्टिङ्गका आधारमा पनि कतिपय अवस्थामा सीइओले सही गर्नुपर्छ । अजय श्रेष्ठजस्तो इमानदार मान्छेलाई एक्कासी प्रहरीले पक्रियो भन्ने खबर सुन्दा धेरै दुख लाग्यो ।’

8320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?