जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको  नाफामा आयो  सुधार

शिखर इन्स्योरेन्सको  नाफामा आयो  सुधार

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिसम्ममा १२ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ८ लाख ८७ हजार रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा १२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्क २ करोड ४२ लाख रुपैयाँले घटेर ४३ करोड ४० लाख रुपैयाँमा कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८९ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा एक अर्ब ११ करोड रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीले यस त्रैमाससम्ममा ७६ हजार ९ सय ४५ वटा बीमालेख जारी गरेर ९० करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।कम्पनीले यस अवधिसम्म्मा ३ हजार ६ सय ७१ दाबी बापत ३६ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ७ सय ३८ वटा दाबी बापत ८४ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिक) ३५ रुपैयाँ ५ पैसा, प्रतिशेयर नेटवर्थ २ सय ६० रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३६.९ गुणा रहेको छ ।

4690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका