जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धनबिच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धनबिच सम्झौता

एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्नको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा कार्य गर्दै आईरहेकोे छ ।  

केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको हो । केन्द्रले “क” वर्गको इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आव्हान गरेको थियो ।

एनएमबिले दीगो बैंकिङ्ग अन्तर्गत रहि देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । 

बैंकले देशैभरी रहेका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गदै आइरहेको छ । 

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका