जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क २५ प्रतिशतले घट्यो

राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क २५ प्रतिशतले घट्यो

राष्ट्रिय बीमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको तुलनमा कम्पनीको नाफा र खुद बीमाशुल्क आर्जन घटेको छ ।

पहिलो त्रैमासको अवधीसम्ममा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधीसम्ममा कम्पनीले ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले घटेको हो ।

पहिलो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ९९ करोड रुपैयाँ र बीमा कोषमा २ अर्ब २७ करोड रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा कम्पनीले ४ सय १५ बीमा दाबी बापत १ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १ हजार २ सय २२ रुपैयाँ ९६ पैसा रहेको छ ।

8055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका