जोडिनुहोस
मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा

मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा

मुक्तिनाथ विकास बैंकले पन्ध्रौ वार्षिक साधारण सभा मंसिर २५ गते बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे होटल जल महल घारीपाटन पा्ेखरा कास्कीमा गर्ने जानकारी गराएको हो । सभाले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै यस मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १५ गते बन्द रहनेछ । यस आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका