जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निजी क्षेत्रको साझा उम्मेदवार हुँ, मेरो जित सुनिश्चित छ’

Sticky Breaking News

निजी क्षेत्रको साझा उम्मेदवार हुँ, मेरो जित सुनिश्चित छ’

चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्यासी उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको साझा उम्मेदवार हुँ, मेरो जित सुनिश्चित छ’

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचनको दिन जति नजिकिँदै छ, त्यति नै चुनावी सरगर्मी बढ्दो छ । कोरोना महामारीले चुनाव प्रचार–प्रसारको शैली नै परिवर्तन गरिदिएको छ । उम्मेदवारहरूको अहिले मतदाताहरूसंग प्रत्यक्ष रूपमा भेटघाट गर्नुभन्दा पनि फोनबाटै कुराकानी गरिरहेका छन् । अहिले महासंघको वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन् । महासंघमा दुई पटक कार्यकारिणी समितिको सदस्य र उपाध्यक्ष भएका ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । बैंकिङ, रेमिट्यान्स, अटोमोबाइल, जलविद्युत र केवलकारलगायत क्षेत्रमा आफ्नो लगानी विविधिकरण गरेका ढकाल आईएमई ग्रुपका अध्यक्ष पनि हुन् । महासंघको निर्वाचन, भावी रणनीति र कोरोना महामारीले संकटग्रस्त बनाएको अर्थतन्त्र उकास्ने विषयमा केन्द्रित रहेर उपाध्यक्ष ढकालसँग गरेको कुराकानीको सारसंक्षेप

कोभिड महामारीबीच नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदका लागि निर्वाचन हुँदैछ वरिष्ठ उपाध्यक्षका लागि यहाँको तयारी कस्तो ?

चुनावी प्रचार–प्रसार भनेर खासै केही गतिविधि छैनन् । कोभिडको लकडाउन अघि नै हामीहरू प्रायः सबै जिल्लामा पुगेका थियौं । वास्तवमा त्यो पनि चुनावी प्रचार–प्रसारका लागि भन्दा पनि हाम्रो आफ्नो व्यावसायिक कामकै सिलसिलामा नै थियो । चुनावको प्रसंग आउनुभन्दा पहिलेदेखि नै हामीहरू धेरै जिल्लामा पुगेका छौं ।

जिल्लारनगरका व्यवसायी साथीहरूसँग भेट्ने, त्यहाँका ‘ईस्यूहरू’ बुझ्ने र त्यसको समाधानका लागि पहल गर्ने कुराहरू भई नै रहन्थे । यो चुनावका लागि विल्कुल होइन । चुनावकै लागि भनेर प्रचार–प्रसारमा हामीहरू यो कोभिड अगाडि पनि त्यति लागेनौं र अहिले पनि लागेका छैनौं । व्यावसायिक सिलसिलामै धेरै साथीहरूसँग सम्पर्क सम्बन्ध रहेको छ र यो निरन्तर रहनेछ । अहिले त जिल्लाका साथीहरूसँग टेलिफोनमा कुराकानी गर्ने बाहेक खासै केही गतिविधिहरू भएका छैनन् ।

पटकपटक स्थगित भएर अहिले पुनः मंसिर ११ देखि १३ गतेसम्मलाई साधारणसभा तथा निर्वाचनको मिति तोकिएको बजारमा निर्वाचनका विषयमा चर्चा सुरु भइसकेको यहाँ आफंै पनि व्यवसायीहरू बीचमापपुलरहुनुहुन्छ यहाँले जित्ने मुख्य आधारहरू केके हुन् ?

यसमा सबैभन्दा बलियो आधार भनेको व्यवसायी मित्रहरूसँगको मेरो सम्बन्ध नै हो । यो सम्बन्ध कुनै चुनावका लागि बनेको होइन । यो मेरो तीन दशक लामो आफ्नो व्यावसायिक यात्राका क्रममा बनेको सम्बन्ध हो र यो दिगो छ ।

मेरो आफ्नो व्यवसाय र व्यावसायिक ‘नेटवर्क’ हरेक जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म मेरो व्यावसायिक सञ्जाल छ । हाम्रो व्यवसायमार्फत हरेक जिल्लाका व्यवसायी साथीहरूसँग जोडिएका छौं । यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो सम्बन्ध छ ।

सधैं उहाँहरूसँगै रहने हुनाले मैले जिल्लास्तरमा व्यवसायीहरूले भोग्ने समस्या तथा चुनौतीहरू बुझेको छु । अर्को कुरा, म सानो व्यवसाय सुरु गरेर अहिलेको आईएमई ग्रुपको अवस्थामा पुगेकाले मलाई सानादेखि ठूला व्यवसायीका समस्याको अवगत छ । यो नै मेरो चुनाव जित्ने मुख्य आधार हो ।

यसका साथै मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिका तथा मेरो व्यक्तिगत आचरण र व्यवहारको पनि कुरा आउँछ । म सधैं व्यवसायीको हक, हित र अधिकारका पक्षमा लाग्ने गरेको छु । संक्षेपमा भन्नुपर्दा हरेक जिल्लामा फैलिएको मेरो आफ्नो व्यावसायिक नेटवर्क, महासंघको नेतृत्व तहमा रहेर मैले खेलेको भूमिका र व्यवसायी साथीहरूसँगको मेरो सुमधुर सम्बन्ध नै मेरो जितको प्रमुख आधार हो ।

म उपाध्यक्ष भएदेखि नै महासंघकै काम र कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु । प्रदेश, जिल्ला/नगर तथा वस्तुगत संघका साथीहरूले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । अधिवेशन, साधारणसभा हुन् वा ठाउँ–ठाउँमा भए गरेका महोत्सव वा अन्य कार्यक्रमहरू, उहाँहरूले बोलाउनुभएको ठाउँमा मिलेसम्म र भ्याएसम्म म पुगेको छु ।

मेरो आफ्नो व्यवसाय र व्यावसायिक ‘नेटवर्क’ हरेक जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म मेरो व्यावसायिक सञ्जाल छ । हाम्रो व्यवसायमार्फत हरेक जिल्लाका व्यवसायी साथीहरूसँग जोडिएका छौं । यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो सम्बन्ध छ ।सधैं उहाँहरूसँगै रहने हुनाले मैले जिल्लास्तरमा व्यवसायीहरूले भोग्ने समस्या तथा चुनौतीहरू बुझेको छु । अर्को कुरा, म सानो व्यवसाय सुरु गरेर अहिलेको आईएमई ग्रुपको अवस्थामा पुगेकाले मलाई सानादेखि ठूला व्यवसायीका समस्याको अवगत छ । यो नै मेरो चुनाव जित्ने मुख्य आधार हो ।

त्यसो भए चुनाव जितिन्छ भनेर यहाँ ढुक्क हुनुहुन्छ ?

हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैंक, इन्स्योरेन्स, पर्यटन, सूचनाप्रविधि, ऊर्जा र मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्ला नगरका व्यवसायी साथीहरूसँग हामी जोडिएका छाैं । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जितलाई सुनिश्चत गरिसकेको छ ।

हेर्नुस्, म उपाध्यक्ष भएदेखि नै महासंघकै काम र कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु । प्रदेश, जिल्ला/नगर तथा वस्तुगत संघका साथीहरूले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । अधिवेशन, साधारणसभा हुन् वा ठाउँ–ठाउँमा भए गरेका महोत्सव वा अन्य कार्यक्रमहरू, उहाँहरूले बोलाउनुभएको ठाउँमा मिलेसम्म र भ्याएसम्म म पुगेको छु ।

जिल्लारनगरको कुरा गर्दा सबै जिल्लामा मेरो व्यावसायिक नेटवर्क छ । सबै उद्योग वाणिज्य संघका साथीहरूसँग व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । अझ भन्ने हो भने धेरै जिल्ला नगरका साथीहरू हाम्रा व्यावसायिक साझेदार नै हुनुहुन्छ । म के भन्छु भने अहिलेसम्मकै महासंघको इतिहासमा जिल्ला/नगरका धेरैभन्दा धेरै साथीहरूले रुचाएको र अपेक्षा गरेको उम्मेदवार हुँ । र, वस्तुगतको कुरा गर्दा हाम्रो व्यवसाय धेरै सेक्टरमा रहेको छ । धेरै वस्तुगतका अध्यक्षज्यूहरूले मलाई नै समर्थन र सहयोग गर्नुभएको छ । यसले गर्दा समग्रमा भन्नुपर्दा मलाई त मेरो कुनै प्रतिस्पर्धा नै छैन भन्ने लाग्छ । मेरो जित सुनिश्चित भइसकेको छ । 

उहाँहरूले आफ्ना समस्या, गुनासा र अप्ठेराहरू राख्नुभएको छ । उहाँहरूका सुख र दुःखका धेरै कुरा मैले सुनेको छु र सकेसम्म समाधानमा लागि परेको पनि छु । जुन कुरा साथीहरूले मनन पनि गर्नुभएको छ । यही नै मेरो जितको मुख्य आधार हो । म ढुक्क छु । त्यस्तै, म अहिले एसोसिएट उपाध्यक्ष हो । मेरो महासंघको यात्रालाई हेर्ने हो भने म कि त सर्वसम्मत रूपमा आएको छु कि अत्याधिक बहुमतले विजयी भएको छु ।

यस हिसाबले एसोसिएटमा म सबैभन्दा बलियो उम्मेदवार हुँ । जिल्लारनगरको कुरा गर्दा सबै जिल्लामा मेरो व्यावसायिक नेटवर्क छ । सबै उद्योग वाणिज्य संघका साथीहरूसँग व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । अझ भन्ने हो भने धेरै जिल्ला नगरका साथीहरू हाम्रा व्यावसायिक साझेदार नै हुनुहुन्छ । म के भन्छु भने अहिलेसम्मकै महासंघको इतिहासमा जिल्ला/नगरका धेरैभन्दा धेरै साथीहरूले रुचाएको र अपेक्षा गरेको उम्मेदवार हुँ । र, वस्तुगतको कुरा गर्दा हाम्रो व्यवसाय धेरै सेक्टरमा रहेको छ । धेरै वस्तुगतका अध्यक्षज्यूहरूले मलाई नै समर्थन र सहयोग गर्नुभएको छ । यसले गर्दा समग्रमा भन्नुपर्दा मलाई त मेरो कुनै प्रतिस्पर्धा नै छैन भन्ने लाग्छ । मेरो जित सुनिश्चित भइसकेको छ ।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत सहमतिको संभावना कतिकाे 

म त सदैव सहमति र सहकार्य कै पक्षपाती हो । महासंघकै मेरो इतिहासलाई हेर्ने हो भने पनि दुई पटक कार्यसमिति सदस्य र एक पटक उपाध्यक्षमा सर्वसम्मत भएर आएको छु कि त सबैभन्दा बढी मतले विजयी भएको छु । म उपाध्यक्ष हुँदा पनि म सर्वसम्मत नै भएको हुँ । त्यसैले म त झन सहमति कै पक्षमा हो । र, सहमतिको सम्भावना त अन्तिमसम्म नै रहन्छ । मेरो विगतदेखिको इतिहास र महासंघभित्र प्रवेशलाई हेर्नुभयो भने पनि यो प्रष्ट हुन्छ । मलाई विश्वास छ यो पटक पनि इतिहास दोहोरिन्छ । म सर्वसम्मत नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेछ ।

छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योगग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन त्यहाँ पुग्ने सडक, विद्युत् लगायतका दिगो पूर्वाधार चाहिएको छ । नवउद्यमीदेखि साना/ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । विविध खालका दुविधा भएका कर कानुनहरूलाई सुधार गर्नुपर्नेछ । 

वरिष्ठ उपाध्यक्ष भएपछि सुधार गर्ने यहाँका योजनाहरू केकस्ता छन् ?

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो ‘इन्जिन’ हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ ।
छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योगग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन त्यहाँ पुग्ने सडक, विद्युत् लगायतका दिगो पूर्वाधार चाहिएको छ । नवउद्यमीदेखि साना/ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । विविध खालका दुविधा भएका कर कानुनहरूलाई सुधार गर्नुपर्नेछ ।

यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र ‘डायनामिक’ बनाउनुपर्नेछ । त्यसैगरी महासंघले राज्यका निकायसँग ‘पोलिसी डाइलग’लाई अझै बढाउनुपर्ने छ । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नुपर्नेछ । निजी क्षेत्रमैत्री नीति निर्माणका लागि पैरवी गर्न, हाम्रो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, उहाँहरूका समस्यालाई सुल्झाउन, व्यवसायीहरूका मुद्दालाई सम्बन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ ।

साथै, महासंघलाई ठूला उद्यमीहरूको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रूपमा स्थापित गर्न र सबैका समस्याको सुनुवाइ हुने वातावरण बनाउन धेरै काम गर्नुपर्नेछ । कुनै पनि संस्था वा संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मेरो नेतृत्वमा आगामी दिनमा हामी व्यवसायीहरूको छाता संस्थाको नेतृत्वमा रहेर हाम्रा समग्र सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरूको आशा र भरोसाको सम्बाहक बनेर काम गर्नेछु भन्ने प्रतिबद्धता म यहाँ व्यक्त गर्छु । मैले समग्र व्यवसायीहरूको मनोबल सधैं उँचो बनाउने काममा लाग्ने र उहाँहरूको सुख–दुःखको साथमा रहने प्रण गर्छु ।

एसोसिएटमा म सबैभन्दा बलियो उम्मेदवार हुँ । जिल्लारनगरको कुरा गर्दा सबै जिल्लामा मेरो व्यावसायिक नेटवर्क छ । सबै उद्योग वाणिज्य संघका साथीहरूसँग व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । अझ भन्ने हो भने धेरै जिल्ला नगरका साथीहरू हाम्रा व्यावसायिक साझेदार नै हुनुहुन्छ । म के भन्छु भने अहिलेसम्मकै महासंघको इतिहासमा जिल्ला/नगरका धेरैभन्दा धेरै साथीहरूले रुचाएको र अपेक्षा गरेको उम्मेदवार हुँ । र, वस्तुगतको कुरा गर्दा हाम्रो व्यवसाय धेरै सेक्टरमा रहेको छ । धेरै वस्तुगतका अध्यक्षज्यूहरूले मलाई नै समर्थन र सहयोग गर्नुभएको छ । यसले गर्दा समग्रमा भन्नुपर्दा मलाई त मेरो कुनै प्रतिस्पर्धा नै छैन भन्ने लाग्छ । मेरो जित सुनिश्चित भइसकेको छ ।

कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई ठूलो असर गरेको अर्थतन्त्र उकास्नका लागि यहाँको के कस्तो योगदान रहनेछ

आज हामी अत्यन्तै कठिन मोडमा छौं । यतिखेर हामी उद्योगी, व्यवसायीहरूलाई एउटा अकल्पनीय समस्याले थिचेको छ । यसबाट देशको अर्थतन्त्र नै नराम्ररी प्रभावित भएको छ । अहिले नै कुन क्षेत्रमा कति क्षति पुगेको छ भन्ने विवरण नआए पनि हामी इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्थामा रहेको कुरा हामी सबैले अनुमान गर्न सक्छौं ।

अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने स्पष्ट नभइसकेकाले आगामी दिनमा हाम्रो नेतृत्वको महासंघका सामु यो समस्यासँग जुध्नुपर्ने अर्काे ठूलो तथा अत्यन्तै संवेदनशील दायित्व पनि थपिएको छ । महामारीमा ज्यान जोगाउनुपर्ने त छँदैछ त्यसका अतिरिक्त आफ्नो व्यवसायलाई पनि बचाउनुपर्ने दायित्वमा हामी छौं ।

महामारीको अहिलेको बेलामा ज्यान जोगाउने र भोलि महामारीपछि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ । त्यसैले अहिलेको परिस्थितिले हाम्रा सामु ठूलो चुनौती थपिदिएको महसुस मैले गरेको छु । नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिइने आडभरोसाको केन्द्र हो भन्ने मलाई लाग्छ ।

मलाई त त्यस्तो लाग्दैन । मैले उहाँहरूका औपचारिक कार्यक्रमहरू कतै पनि तपाईंले भने जस्तो सबै पूर्वअध्यक्षज्यूहरूलाई देखेको छैन । उम्मेदवारी घोषणाको कार्यक्रम होस् वा उम्मेदवारी दर्ता कुनै कार्यक्रममा पनि सबै उपस्थित भएको मलाई थाहा छैन । तपाईंले कुनै अमूक व्यक्तिले कुनै अमूक कार्यक्रममा खिचेको तस्बिर सामाजिक सञ्जालमा राखेर मलाई सबै पूर्वअध्यक्षको समर्थन छ भनेको आधारमा त्यस्तो सोच्नुभएको होला । म पनि सबैजसो पूर्वअध्यक्षज्यूहरूसँग सम्पर्कमै छु । उहाँहरूले मलाई पनि समर्थन गर्छु भन्नुभएको छ । मलाई विश्वास छ उहाँहरूको साथ, समर्थन र सहयोग मलाई रहने छ । यो कुराको जवाफ समयले पनि दिनेछ । 

त्यसैले प्रकृतिले थपिदिएको यो चुनौती र अरू विविध खाले सम्भाव्य नियतीहरूसँग पनि हामी जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा लाग्नुपर्नेछ । त्यसका लागि पनि हामी निजी क्षेत्रले राज्यसँग सहकार्य गर्नुपर्ने अवस्था छ । अहिलेको यो त्रासलाई हटाएर हालका लागि व्यवसाय बचाइराख्ने र भोलि त्यसमा प्राण भर्ने सम्मको कार्यमा हामीले काम गर्नुपर्नेछ ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो ‘इन्जिन’ हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योगग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन त्यहाँ पुग्ने सडक, विद्युत् लगायतका दिगो पूर्वाधार चाहिएको छ । नवउद्यमीदेखि साना/ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ । विविध खालका दुविधा भएका कर कानुनहरूलाई सुधार गर्नुपर्नेछ ।

महासंघमा चुनाव गराउने नगराउने बीचमा विवाद देखियो किन यस्तो अवस्था आएको हो

गत वर्षको चैतमै सम्पन्न गरिसक्नुपर्ने साधारणसभा गर्न नसकेपछि हामीले जेठमा सार्यौं र जेठमा पनि अनुकूल नभएपछि साउन २६ र २७ का लागि तय भयो । त्यतिबेला साउनमा तोकिएको साधारणसभा तथा निर्वाचनलाई स्थगित गर्दा प्रक्रियागत रूपमा मिलेन भनेर हामीले आवाज उठाएका थियौं । एउटा कुरा हामीले कार्यकारिणी समितिले तय गरेको साधारणसभा र निर्वाचन कार्यकारिणी समिति मै छलफल तथा निर्णय गरेर मात्र स्थगित गर्ने निर्णय गरौं भनेका थियौं ।

मलाई सानो व्यवसाय सञ्चालन गर्नेदेखि कर्पोरेट व्यवसायसम्म सञ्चालनको अनुभव छ । जिल्ला÷नगरका साना व्यवसायदेखि, वस्तुगत तथा कर्पोरेट ‘लेबल’का ‘ईस्यूहरू’, प्रत्यक्ष वैदेशिक लगानीलाई ‘प्रमोसन’ गर्ने कुरादेखि लिएर निजी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक पर्ने सबै विषयवस्तुसँग परिचित भएको र ती ईस्यूहरू समाधानका लागि पहल गर्न सक्ने हुनाले मलाई लाग्छ म अवश्य पनि सफलता हासिल गर्नेछु ।

यो पदाधिकारीको बैठकबाट गर्दा कार्यकारिणी समितिको अधिकार हनन हुन्छ भनेका थियौं भने अर्को कुरा हामीले साधारणसभा तथा निर्वाचन सम्पन्न गर्नका लागि सरकारसँग अनुमतिका लागि पत्र लेखेर पठाएका थियौं । सरकारको जवाफ नआउँदै यसरी निर्णय नगरौं मात्र भनेको हो । र, सँगसँगै हामीसँग कार्यसमितिमा लगेर छलफल गरेर स्थगित गर्न सकिने प्रसस्त समय पनि थियो ।

अधिकांश पूर्वअध्यक्षहरूले यहाँको प्रतिस्पर्धी उम्मेदवारलाई समर्थन गर्नुभएको भन्ने कुरा आएको यसलाई यहाँले कसरी हेर्नुभएको ?

मलाई त त्यस्तो लाग्दैन । मैले उहाँहरूका औपचारिक कार्यक्रमहरू कतै पनि तपाईंले भने जस्तो सबै पूर्वअध्यक्षज्यूहरूलाई देखेको छैन । उम्मेदवारी घोषणाको कार्यक्रम होस् वा उम्मेदवारी दर्ता कुनै कार्यक्रममा पनि सबै उपस्थित भएको मलाई थाहा छैन । तपाईंले कुनै अमूक व्यक्तिले कुनै अमूक कार्यक्रममा खिचेको तस्बिर सामाजिक सञ्जालमा राखेर मलाई सबै पूर्वअध्यक्षको समर्थन छ भनेको आधारमा त्यस्तो सोच्नुभएको होला । म पनि सबैजसो पूर्वअध्यक्षज्यूहरूसँग सम्पर्कमै छु । उहाँहरूले मलाई पनि समर्थन गर्छु भन्नुभएको छ । मलाई विश्वास छ उहाँहरूको साथ, समर्थन र सहयोग मलाई रहने छ । यो कुराको जवाफ समयले पनि दिनेछ ।

अन्त्यमा, यहाँले आजसम्म जुनजुन सेक्टरमा हात हाल्नुभएको सफलता हासिल गर्नुभएको यसपटक महासंघको वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहनुभएको कर्पोरेट क्षेत्रबाट सहयोग पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

मलाई लाग्छ म सम्पूर्ण निजी क्षेत्रको साझा प्रतिनिधिका रूपमा उम्मेदवार हुँ । किनभने मलाई सानो व्यवसाय सञ्चालन गर्नेदेखि कर्पोरेट व्यवसायसम्म सञ्चालनको अनुभव छ । जिल्ला÷नगरका साना व्यवसायदेखि, वस्तुगत तथा कर्पोरेट ‘लेबल’का ‘ईस्यूहरू’, प्रत्यक्ष वैदेशिक लगानीलाई ‘प्रमोसन’ गर्ने कुरादेखि लिएर निजी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक पर्ने सबै विषयवस्तुसँग परिचित भएको र ती ईस्यूहरू समाधानका लागि पहल गर्न सक्ने हुनाले मलाई लाग्छ म अवश्य पनि सफलता हासिल गर्नेछु ।(क्यापिटल डटकमबाट)

10145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका