जोडिनुहोस
मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
  • होमपेज
  • कृषि विकास बैंकका सबै सुचाङ्क अब्बल र सबल छन्

कृषि विकास बैंकका सबै सुचाङ्क अब्बल र सबल छन्

अनिल कुमार उपाध्याय बैकिङ्ग क्षेत्रमा चिनाई राख्नु पर्ने नाम होइन । करिब ३ दर्शक बैकिङ्ग क्षेत्रमै विताएका अनुभवी बैंकरहरुको सूचीमा उपाध्यायको नाम आउने गरेको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष समेत रहेका कृषि विकास बैंकका सीइओ उपाध्यायसंग मुलुकको समग्र अर्थतन्त्र, बैंक र वित्तिय प्रणालीमा आएको तरलता अभावमा बैंकर्स संघको भूमिका, वाणिज्य बैंकहरुको मर्जर र कृषि विकास बैंकको समग्र अवस्था बारे आर्थिक बजार मासिकका सम्पादक भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीका केही अंश– सम्पादक

० बैंक र वित्तिय संस्थाहरुमा विगत केही वर्ष देखि चर्को तरलता अभाव छ । तपाई नेपाल बैंकर्स संघको अध्यक्ष पनि हो यसलाई कसरी लिनु भएको छ ?
विगत र वर्तमानलाई विश्लेषण गर्ने हो भने विगत १० वर्षको अन्तरालमा २ वर्ष मात्रै तरलता सहजमा हामी रह्यौं । १० वर्ष देखि तरलता अभाव देखिदै आएको पनि हो । त्यसबेला देखिनै हामीले व्यवस्थापन पनि गर्दै आएका पनि हौं । तर, पछिल्लो पटकको कोरोना कहरले तरलता बढेको देखिन्छ । तरलता बढेपनि यसलाई व्यवस्थापन गर्दै बैंक र वित्तिय संस्था अगाडी बढेको अवस्था छ । यो राम्रो पक्ष मान्ने पर्दछ ।
पहिलो पटकको कोराना कहरबीच माग कम भयो र रेमिट्यान्स राम्रो आयो त्यसबेला हामी तरलतामा सहज थियो । त्यसबेला सस्तो ब्याजमा पैसा लिएर कर्जा पनि सस्तोमै दिएका थियौं । त्यसबेला माग कम थियो । हामीसंग स्रोत बढि थियो ।

त्यसबेला कोरोना कहरबीचमा हामीसँग प्रशस्त मात्रामा तरलता थियो । स्रोत पनि राम्रो थियो । त्यो किन थियो भने, बजारमा ऋणको माग थिएन । कोभिडको कारणले बजारमा माग थिएन । आर्थिक गतिविधि प्राय: ठप्प थियो । सीमित व्यापार व्यवसाय सञ्चालनमा थियो । यसकारण ऋण बजारमा नगएर तरलता धेरै भएको अवस्था थियो । अहिले विस्तारै सबै क्षेत्र चलायमान भए । आर्थिक गतिविधि सबै सञ्चालनमा आए । यसकारण बजारमा माग धेरै भयो । त्यसपछि बैंकहरू आक्रामक भएर कर्जा लगानी गरे । पहिले भएको स्रोत विस्तारै सकिँदै गयो । तर, नयाँ स्रोत थपिने क्रम घट्दै गयो । त्यसकारण अहिले तरलता अभाव आएको चाहि पक्कै हो नि ।

नियमनकारी निकायको निर्देशन पालना गर्ने हाम्रो कर्तव्य नै हो । त्यसभित्र बसेर हामीले माग अनुसार कर्जा दिएका थियौं । तर, अहिले फरक अवस्था छ । हामीसंग स्रोत थियो पुनकर्जा दियौं । जरिवाना लिएनौ अरु धेरै सुविधाहरु हामीले दियौं । त्यो बेला सहि नै थियो ।

० कोरोना कहरबीच राष्ट्र बैंकले विभिन्न छुट र सहुलीयत कर्जा दिने नीति नै ल्यायो । त्यसको मार अहिले बैंक र वित्तिय संस्थामा (तरलता/अभाव) आएको भन्ने कुरा पनि बजारमा चर्चा छ नि यसलाई तपाई मान्न तयार हुनुहुन्छ ?
होइन बैंक र वित्तिय संस्थाहरु व्यवसाय गर्न बसेका हुन् । नियमनकारी निकायको निर्देशन पालना गर्ने हाम्रो कर्तव्य नै हो । त्यसभित्र बसेर हामीले माग अनुसार कर्जा दिएका थियौं । तर, अहिले फरक अवस्था छ । हामीसंग स्रोत थियो पुनकर्जा दियौं । जरिवाना लिएनौ अरु धेरै सुविधाहरु हामीले दियौं । त्यो बेला सहि नै थियो । अवस्था जटिल थियो नि । सबैलाई सहज भयो त्यसकारण यसलाई नाजायज हो भन्न मिल्दैन । समय अनुसारको माग थियो भन्दा हुन्छ नि होइन र ?

० नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कोरोना कहरका सम्पूर्ण सुविधा हटाउँदै कशिलो मौद्रिक नीति ल्याएको देखिन्छ । यसलाई नेपाल बैंकर्स संघले चाहि कसरी दिएको छ ?
जब जब आर्थिक गतिविधिमा संकट आउँदछ । तब तब कशिलो नीति आउनु जरुरी हुन्छ । त्यो आएको छ । संकट भएको बेला विभिन्न औजार प्रयोग गर्दै अर्थतन्त्र सुधार गरिनु पर्दछ । अहिले केही कुरामा सुधार आएको देखिन्छ । विदेशी मुद्रा सञ्चितिको कुरामा सुधार आएको छ । ६ महिना धान्ने देखिन्छ । संकुचन एउटा समयको लागि हो । हामी निर्यात भन्दा आयात बढि गर्ने मुलुक भित्र पर्ने देश हो । आन्तरिकरुपमा आफ्नो उत्पादन कम छ । छिमेकी दुईवटै देश बीचमा हामी छौं । मौद्रिक नीति र बजेट भित्रका कार्यक्रममा हामी बैंकहरु पनि जानु पर्दछ भन्ने हो ।

एनआरएनको पैसा ल्याउने ठूला विदेशका संस्थाहरुको कर्जा ल्याउने काम पनि गर्नु पर्दछ । र सरकारको तर्फबाट बैदेशिक ऋण र अनुदानको मात्रा बढाउने एफडिआईलाई पोलिसीले प्रोत्साहन गराउने काम राज्यले गर्नु पर्दछ । दुबै पक्षले मिलाएर अगाडी बढ्नु पर्ने आवश्यकता छ । सबै मिलेर काम गरेर यो तरलता अभाव अन्त्य गर्न सकिन्छ ।

० अहिले बैंकिङ क्षेत्रमा आएको तरलता अभावका बारेमा गर्नुपर्ने के–के छन् र यसमा नेपाल बैंकर्स संघले कसरी काम गर्ने योजना छ त ?
व्यवसाय, आर्थिक गतिविधि भनेको जहिले पनि एकनास हुँदैनन् । त्यसमा उत्तारचढावको अवस्था आउँछन् । उत्तारचढावको अवस्थालाई हामीले अवलोकन गर्ने, त्यसलाई विश्लेषण गर्ने र त्यो कुरालाई व्यवस्थित गर्ने हामीले नियामक निकायसँग सरोकार राख्नुपर्ने हुन्छ । व्यवसायीको मागलाई सहज बनाउनुपर्ने आवश्यकता पनि छ । यस्तै, भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने आवश्यकता छ ।
बैंकिङ्ग च्यानलबाट बाहिरको पैसा भित्र्याउनु हाम्रो कर्तव्य हो । एनआरएनको पैसा ल्याउने ठूला विदेशका संस्थाहरुको कर्जा ल्याउने काम पनि गर्नु पर्दछ । र सरकारको तर्फबाट बैदेशिक ऋण र अनुदानको मात्रा बढाउने एफडिआईलाई पोलिसीले प्रोत्साहन गराउने काम राज्यले गर्नु पर्दछ । दुबै पक्षले मिलाएर अगाडी बढ्नु पर्ने आवश्यकता छ । सबै मिलेर काम गरेर यो तरलता अभाव अन्त्य गर्न सकिन्छ ।

० तपाईको कार्यकाल अवधिमा समग्र बैकिङ्ग क्षेत्र र मुलुकको अर्थतन्त्र कसरी अगाडी बढाउने योजना छ नि ?
आर्थिक स्थिरता बनाउनका लागि हाम्रो भूमिका नियमक निकायले दिएको औजारहरु जति छन्, त्यसको मातहतमा रहेर हामीले काम गर्छौ । किनभने बैंक तथा वित्तिय संस्थाका जति पनि स्रोतहरु अर्थव्यवस्थामा जोडिन्छ, त्यसको ९० प्रतिशत वाणिज्य बैंकले ओगटेको छ । हामीले हाम्रो भूमिका त्यसमा स्थायित्व बनाएर लैजानलाई मद्दत गर्ने खालको आर्थिक प्रक्षेपण छ । हामीले हाम्रो बैकिङ प्रणालीलाई स्थायी र भरपर्दो बनाएर लैजानेछौं । र हाम्रो पोटफोलियो मेनेजमेण्ट गर्ने, मनि सप्लाई गर्ने कुरा, उत्पादन क्षेत्रमा लगानी गर्ने कुरामा हाम्रो भूमिका अहम हुन्छ नि । म बैंकर्स संघमा आएपछि सन्तुलित भूमिका खेलेको छु । अहिलेको पूँजी अनुसार नै लगानी गर्ने हो । अर्को विगतमा सबै स्थानिय तहमा बैंक पुगेका छन् । त्यो महत्वपूर्ण पक्ष हो । बैकिङ्ग क्षेत्र मजबुद बनाउन सकेका छौं । लाभाशं दिन सक्ने पक्षमा बैंकहरु छन् नि ।

विदेशबाट पैसा ल्याएर होइन हामी नै ग्यारेन्टी बसेर काम गर्न सक्नुपर्दछ । यसलाई पूँजी ठूला हुँदा मद्दत पुग्ने निश्चित छ नि । अर्को सिष्टम र टेक्नोलोजी मजबुद बनाउनु पर्दछ । पूँजी बृद्धि राम्रो पक्ष मानिन्छ । संसार भरी ठूला साना बैंक छन् । नेपालमा पनि छन् । यो समयले दिएको कुरा हो । यसलाई स्वभाविकरुपमा र सकारात्मकरुपमा लिएर अगाडी जानुपर्दछ ।

० डिजिटल बैकिङ्गमा नेपाली बैंकले फड्को मारेको भन्न सकिन्छ त ?
गर्बका साथ सकिन्छ । हामी अन्तर्राष्ट्रिय अभ्यास र डिजिटल बैकिङ्गमा बैंकहरु धेरै अगाडी बढेको अवस्था छ । डिजिटल फड्को मारेका छौं । एशिया पेसेफिक रिजनमा भेतनाममा एउटा सम्मेलन भयो । त्यसमा भारत पछि नेपाल छ । सार्क राष्ट्रमा होइन एशिया पेसिफिकमै हामी डिजिटलमा दोस्रो स्थानमा छौं । हाम्रो पहुँच बृद्धि भएको छ । अब किसानसंग हामी पुग्नु पर्दछ । राज्यले लिएको उत्पादन क्षेत्रमा हामी लाग्नु पर्दछ । कृषिमा जानु पर्‍यो नि । आन्तरिक खपत बढाउँदै नियात बढाउने र आयात घटाउनु जरुरी छ नि ।

० नेपालका वाणिज्य बैंक अब २२ वटामा आउँदै छन् । २० देखि ३५ अर्ब पूँजीका बैंकसंग प्रतिस्पर्धा गर्न चुनौती होला जस्तो तपाईलाई लागेको छ ?
अहिलेको बजेट हेनुपर्दछ । त्यसपछि हामी बलियो हुनुपर्दछ । साईज ठूलो हुनु राम्रो पक्ष हो । पूँजी बढाउँदा ठूला हाइड्रोपावर, सिमेन्ट उद्योगमा लगानी गर्न सहज हुन्छ । हामी आत्मनिर्भर हुनुपर्दछ । विदेशबाट पैसा ल्याएर होइन हामी नै ग्यारेन्टी बसेर काम गर्न सक्नुपर्दछ । यसलाई पूँजी ठूला हुँदा मद्दत पुग्ने निश्चित छ नि । अर्को सिष्टम र टेक्नोलोजी मजबुद बनाउनु पर्दछ । पूँजी बृद्धि राम्रो पक्ष मानिन्छ । संसार भरी ठूला साना बैंक छन् । नेपालमा पनि छन् । यो समयले दिएको कुरा हो । यसलाई स्वभाविकरुपमा र सकारात्मकरुपमा लिएर अगाडी जानुपर्दछ ।

अहिले विस्तारै सबै क्षेत्र चलायमान भए । आर्थिक गतिविधि सबै सञ्चालनमा आए । यसकारण बजारमा माग धेरै भयो । त्यसपछि बैंकहरू आक्रामक भएर कर्जा लगानी गरे । पहिले भएको स्रोत विस्तारै सकिँदै गयो । तर, नयाँ स्रोत थपिने क्रम घट्दै गयो । त्यसकारण अहिले तरलता अभाव आएको चाहि पक्कै हो नि ।

० बैंकहरुलाई यसपटक ब्याजदर बढाउने सुविधा थियो । तर, नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गर्नुभयो । किन ?
बैंकहरुलाई अहिले ब्याजदर बढाउने सुविधा थियो । तर सुविधा छ भन्दैमा लागत बढाएर ब्याजदर नबढाउनु उचित लागेन ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकदर १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुर्याएसँगै बैंकहरुलाई पनि ब्याजदर बढाउनका लागि सुविधा थियो तर यसले लागत मात्रै बढाउने भएपछि तत्काल ब्याजदर नबढाउने निर्णय गरेका हौं नि ।
तर समय अनुकुल भएपछि भने ब्याजदर बढाउछौं । अहिले बीच अवस्थामा ब्याजदर बढाउने हो भने अस्वस्थ प्रतिस्पर्धा बढ्ने सम्भावना भएकाले ब्याजदर नबढाउने निर्णय भएको हो ।

व्याजदर बढाए पनि पैसा आएन र महंगोमा कर्जा गएन । हामीले आम्दानी ब्याज र रेमिट्यान्स बढाएका छौं । कर्जामा कस्ट बढ्यो । पैसा आएन त्यहिकारणले ब्याजदर नबढाउने निर्णय हामीले गर्‍यो नि । हामी व्यापार नै गर्न बसेका छौं । लाभाशं दिनु पर्ने बाध्यता पनि हामीलाई छ । त्यसकारण ब्याजदरलाई पूरानै निरन्तरता दिएका छौं । हामी बलियो, अनुसासित र पारर्दशी हुनुपर्दछ । त्यसतर्फ पनि हामीले ध्यान दिएका छौं ।

डिजिटलमा पनि हामी अब्बल भएका छौं । सरकारी बैंक हो परम्परागतरुपमै चलेको छ भन्नु गलत हो । हामीसंग ५ लाख मोबाइल बैकिङ्ग छन् । कनेन्ट आइएपीएस १२ हजार भन्दा बढि छन् । क्यूआर कोड १८ हजार भन्दा बढि छ । किसान कार्ड १ लाख भन्दा बढि छन् । किसान एप १४ हजार भन्दा बढि छन् ।

० अब कृषि विकास बैंकको कुरा गरौं तपाईको बैंक पूरानो परम्पराबाटै चािलएको बैंक हो भनिन्छ के सत्य हो ?
यसमा सत्यता छैन । हाम्रो अहिले प्रकाशित वित्तिय विवरण हेर्दा नै प्रष्ट हुन्छ नि हामी सक्षम र सबल बैंक भएका छौं । डिजिटलमा पनि हामी अब्बल भएका छौं । सरकारी बैंक हो परम्परागतरुपमै चलेको छ भन्नु गलत हो । हामीसंग ५ लाख मोबाइल बैकिङ्ग छन् । कनेन्ट आइएपीएस १२ हजार भन्दा बढि छन् । क्यूआर कोड १८ हजार भन्दा बढि छ । किसान कार्ड १ लाख भन्दा बढि छन् । किसान एप १४ हजार भन्दा बढि छन् । अर्को महत्वपूर्ण पक्ष के छ भने हामीले सहुलीयत कर्जा १५ हजार भन्दा बढिलाई दिएका छौं । करिब २५ अर्ब कर्जा स्वीकृत नै भएको अवस्था छ । डेविट/क्रेडिट कार्ड ३ लाख भन्दा बढिले लिनु भएको छ । यस्तो बैंकलाई पुरानो परम्पराबाट चलेको छ भन्नु गलत मानसिकताको पराकाष्ट हो भन्दा फरक पर्दैन ।

० विना धितो कर्जा बिस्तार र लाभाशं वितरणमा कृषि विकास बैंकको अवस्था चाहि कस्तो छ त ?
हामी कर्जा प्रवाह र निक्षेपमा अब्बल छौं । कृषिमा ३६ प्रतिशत लगानी हाम्रो छ । हामी लाभाशं वितरणमा समग्र बैंकमा दोस्रो पोजिसनमा छौं । विना धितो कर्जा २ अर्ब भन्दा बढि गएको छ । यसमा मात्रै ४ करोड १९ लाख विग्रेको छ । यसबाटै प्रस्ट हुन्छ कृषि विकास बैंक कसरी चलेको छ भनेर ।

कृषिमा ३६ प्रतिशत भन्दा बढि लगानी गरेका छौं । कृषिलाई नछोड्ने अरुलाई जोड्ने काम हामीबाटै भएको छ । अरु बैंकबाट १८ अर्ब पैसा भित्र्याएर त्यो पैसा कृषिमा लगानी गरेका छौं । ९८ प्रतिशत भन्दा बढि राम्रा कर्जा छन् । करिब २ प्रतिशत कम निष्कृय कर्जा हाम्रोमा छ । त्यसकारण सबल, सक्षम र अग्रणी बैंक कृषि विकास बैंक बनेको छ । सिङ्गल डिजिट ब्याजमा कृषि कर्जा दिएका छौं ।

० कृषिमा लगानी कस्तो छ त ?
हामीले कृषिमा चमत्कार नै गरेका छौं भन्दा फरक पर्दैन । कृषिमा ३६ प्रतिशत भन्दा बढि लगानी गरेका छौं । कृषिलाई नछोड्ने अरुलाई जोड्ने काम हामीबाटै भएको छ । अरु बैंकबाट १८ अर्ब पैसा भित्र्याएर त्यो पैसा कृषिमा लगानी गरेका छौं । ९८ प्रतिशत भन्दा बढि राम्रा कर्जा छन् । करिब २ प्रतिशत कम निष्कृय कर्जा हाम्रोमा छ । त्यसकारण सबल, सक्षम र अग्रणी बैंक कृषि विकास बैंक बनेको छ । सिङ्गल डिजिट ब्याजमा कृषि कर्जा दिएका छौं ।

जनताको पैसा लगानी गर्ने ठाउँमा बसेको बैंकले जोखिम विश्लेषण गरेर नै लगानी गर्छ । कसैले भनेकै भरमा हचुवाको आधारमा लगानी हुन्छ भन्ने कुराको कल्पना पनि गर्न सकिदैन । जहाँसम्म रह्यो राजनीतिक हस्तक्षेपका कुरा, कृषि विकास बैंकले सबै कुरा उचितढंगले व्यवस्थापन गर्दै अगाडी बढेकाले राजनीतिक हस्तक्षेप भयो, अप्ठ्यारो भयो भन्ने ठाउँ यहाँ छैन ।

० सरकारी बैंकमा सत्ताका मान्छेहरुको हाली मुहाली हुने, सुलभ र सहुलियत कर्जा पनि उनीहरुले नै पाउने, सरकारी बैंकमा प्राय: मान्छेहरु कर्जा र डिपोजिट गर्न नजाने परम्परा अझै पनि छ भनिन्छ नि सत्य हो ?
यो पनि सत्य होइन । कृषि विकास बैंक आफैंमा एउटा कमर्शियल बैंक हो । हामीले व्यवसायिक बैंकिङ गर्दै आएका छौं र व्यवसायिकताको बाटोतर्फ अगाडी बढिसकेको छ । यहाँ पनि जनताको पैसानै लगानी गर्ने हो । जनताको पैसा लगानी गर्ने ठाउँमा बसेको बैंकले जोखिम विश्लेषण गरेर नै लगानी गर्छ । कसैले भनेकै भरमा हचुवाको आधारमा लगानी हुन्छ भन्ने कुराको कल्पना पनि गर्न सकिदैन । जहाँसम्म रह्यो राजनीतिक हस्तक्षेपका कुरा, कृषि विकास बैंकले सबै कुरा उचितढंगले व्यवस्थापन गर्दै अगाडी बढेकाले राजनीतिक हस्तक्षेप भयो, अप्ठ्यारो भयो भन्ने ठाउँ यहाँ छैन ।

सेवा बढि दिएकोले गुनासा बढि आएका छन् । हामीले परिवर्तन गरेका छौं । यो वाहिर नआएको चाहि हो । कार्यालय व्यापक छन् । नाफामा छलाङ्ग मारेका छौं । कृषि विकास बैंक कर्जामा छैटौं स्थामा छौं । वितरणयोग्य नाफामा दोस्रो छौं । शेयरमा चौथो पोजिसनमा छौं ।

सहज रुपमा पाउनेले पाउँछ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन तर कसैले कुनै कुराको प्रस्ताव गर्छ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन । हाम्रो बैंकमा मोबाइल एपबाट खाता खोल्ने देखि डिपोजिट राख्ने काम गरिन्छ । साना कर्जालाई अनलाईनबाट गर्दछौं । एडिबिएल स्मार्टबाट सबै काम गर्न सकिन्छ । हामी सक्षम बैंक छौं । ग्राहक र व्यापारको साईज ठूलो छ । १७ लाख कृषि विकास बैंकमा ग्राहक छन् । १ लाख ६० हजार भन्दा बढि कर्जा ग्राहक छन् ।त्यसकारण सेवा विस्तार र पहुँच विस्तारमा कृषि विकास बैंक धेरै अगाडी छ । यो सत्यलाई हाम्रो वित्तिय विवरणले पुस्टी गरेको छ नि ।

० तपाईका कुरा सुन्दा अब तीन वटा सरकारी बैंक अरु प्राइभेट बैंक जस्तै आधुनिक र सक्षम छन् भन्दा फरक पर्दैन ?
छन कि छैन । राष्ट्रिय वणिज्य बैंक नाफामा यो वर्ष १ नम्बर भयो भन्ने समाचार आएको छ । हाम्रो बैंकले १७ लाख निक्षेप कर्ता छन् १ लाख ६० कर्जा ग्राहक छन् । सेवा बढि दिएकोले गुनासा बढि आएका छन् । हामीले परिवर्तन गरेका छौं । यो वाहिर नआएको चाहि हो । कार्यालय व्यापक छन् । नाफामा छलाङ्ग मारेका छौं । कृषि विकास बैंक कर्जामा छैटौं स्थामा छौं । वितरणयोग्य नाफामा दोस्रो छौं । शेयरमा चौथो पोजिसनमा छौं । अरु धेरै सूचाङ्कमा कृषि विकास बैंक राम्रो छ । त्यसकारण हामाी सबै ठाउँमा अगाडी छौं । कृषिमा सबै बैंकभन्दा अगाडी छौं ।

० विना धितो कर्जा यति धेरै दिनु भएको छ भोलि फस्ने कुरा तर्फ कति सचेत रहनु भएको छ त ?
मैले अगाडी नै भनिसके २ अर्ब भन्दा बढि विना धितो कर्जा कृषि विकास बैंकबाट गएको छ । त्यसमा ४ करोड खराब कर्जा भएको छ । मात्र ३२ जनाको मात्र कर्जा डिफल्ट भएको छ । हाम्रो लामो ५५ वर्षको इतिहास छ । सबै ऋणीले राम्रो गर्नु भएको छ । अनुगमन गर्ने, छनौट गर्ने कुरामा हामी सचेत छौं ।

नयाँ प्रोडक्ट लखपति करोडपति भन्ने ल्याएका छौं । सबैकुरामा कृषि विकास बैंक अब्बल र सक्षम छ । स्रोत कृषि विकास बैंकको राम्रो छ । विश्व बैंकसंग सम्झौता गरेका छौं । केही रकम निकट भविष्यमा भित्र्याउने योजना छ । हामी सुशासनमा छौं । अडिट समयमै गरेका छौं । एजिएम समयमै गरेका छौं । बैकिङ्ग सफ्वेयर हाम्रो अत्यन्तै राम्रो छ ।

० कृषि विकास बैंकको भौतिक सम्पत्ती बढि छ यसलाई कसरी संरक्षण गर्नु भएको छ त ?
विगतमा हामी बजार एकातिर हामी एकातीर थियौं । समाज भन्दा बाहिर थियौ । द्वन्द्वकालीन अवस्थामा बजार क्षेत्रमा आयौं अहिले दुर्गम क्षेत्रमा हामी फेरि फर्किएका छौं । धनगढी, तुल्सीपुर, पोखरा, बुटवल र रसुवामा हामी आफ्नै भवनमा फर्किएका छौं । अधिकाशं सम्पत्ती नै संरक्षण गरेका छौं । सम्पत्ती छ राख्ने वा नराख्ने एउटा विभाग नै बनाएर काम हामीले गरेका छौं ।

 

० भनेपछि पूरानो ढड्डा र पुरानै परम्पराबाट कृषि विकास बैंक अहिले चलेको छैन ?
छैन अहिले, पूरानो ढड्डालाई देखाउने काम गर्नु हुँदैन । अहिले हामी आधुनिक बैंकिङ्गमा पुगेका छौं । सबै सुचाङ्क कृषि विकास बैंकको सबल र सक्षम छ । १० अर्ब रुपैयाँ विदेशबाट रकम भित्र्याएका छौं । नयाँ प्रोडक्ट लखपति करोडपति भन्ने ल्याएका छौं । सबैकुरामा कृषि विकास बैंक अब्बल र सक्षम छ । स्रोत कृषि विकास बैंकको राम्रो छ । विश्व बैंकसंग सम्झौता गरेका छौं । केही रकम निकट भविष्यमा भित्र्याउने योजना छ । हामी सुशासनमा छौं । अडिट समयमै गरेका छौं । एजिएम समयमै गरेका छौं । बैकिङ्ग सफ्वेयर हाम्रो अत्यन्तै राम्रो छ । स्टाफ घटेका छन् । व्यापार बढेको छ । भन्दा कृषि विकास बैंक सबल र सक्षम बैंक भएको छ ढुक्क भए हुन्छ ।

७ वटा प्रदेशलाई १० वटा प्रदेश बनाएर कृषि विकास बैंकले काम गरेको छ । आम ग्राहकको विश्वास जित्ने काम हामीले गरेका छौं । ६ वटा कर्मचारी तालिम केन्द्र छन् । सबै ठाउँमा कृषि विकास बैंक नपुग्ला तर, हामी कृषिमा धेरै अगाडी छौं । मर्जर भएर केही संस्था ठूला भए होला । केही संस्थाको पूँजी मात्रै कम होला तर, मर्जर नहुँदा पनि पूँजीमा हाम्रो राम्रो छ । त्यसकारण सक्षम छौं । खुशी नै छौं ।

० प्राइभेट बैंकसंग प्रतिस्पर्धा गरेर यति धेरै प्रगति गर्दा तपाई खुशी नै हुनुहुन्छ त ?
प्राइभेट बैंक र सरकारी बैंक भएको भए नेपाल बैंकर्स संघको अध्यक्ष नै म हुने थिएन होला नि । त्यसकारण हामी एउटै छौ । एउटै खालको व्यापार गर्दछौं । एउटै लाईसेन्स हो । शेयर त्यही जनताको हाम्रोमा पनि छ । रेगुलेटर एउटै हो । सबै कुरा एउटै हो । फरक सरकारको लगानी छ । विदेशबाट पैसा ल्याउँदा हाम्रोमा राज्यनै जमानी बस्ने गर्दछ ।

सरकारका कार्यक्रममा हामी जान्छौं । राज्यको विश्वास र मामा हामी माथी छ । आम जनताको चर्को विश्वास हामी माथी छ । कृषि कर्जा, सिङ्गल डिजिटमा दिएका छौं । यो आफैमा राम्रो पक्ष मान्नु पर्दछ । ७ वटा प्रदेशलाई १० वटा प्रदेश बनाएर कृषि विकास बैंकले काम गरेको छ । आम ग्राहकको विश्वास जित्ने काम हामीले गरेका छौं । ६ वटा कर्मचारी तालिम केन्द्र छन् । सबै ठाउँमा कृषि विकास बैंक नपुग्ला तर, हामी कृषिमा धेरै अगाडी छौं । मर्जर भएर केही संस्था ठूला भए होला । केही संस्थाको पूँजी मात्रै कम होला तर, मर्जर नहुँदा पनि पूँजीमा हाम्रो राम्रो छ । त्यसकारण सक्षम छौं । खुशी नै छौं ।

पूँजी बलियो छ । म आएपछि करिब २३ प्रतिशत प्रतिफल दिएको इतिहास छ । कुनै वर्ष ३० कुनै वर्ष २५, कुनै वर्ष १८ प्रतिशत पनि लाभाशं दियौं । त्यसकारण निराश होइन आशाजनक नै छौं । हामी पनि व्यवसायी भएकोले धेरै कुरामा सफल भएका छौं नि । संकटको बेला धेरै प्रतिफलको आश राख्नु हुँदैन नि ।

० अन्त्यमा शेयरधनी र प्रमोटरहरुलाई कति प्रतिफल दिने योजना छ त ?
वितरण योग्य नाफामा हामी अहिले दोस्रो पोजिशनमा नै छौं । पूँजी बलियो छ । म आएपछि करिब २३ प्रतिशत प्रतिफल दिएको इतिहास छ । कुनै वर्ष ३० कुनै वर्ष २५, कुनै वर्ष १८ प्रतिशत पनि लाभाशं दियौं । त्यसकारण निराश होइन आशाजनक नै छौं । हामी पनि व्यवसायी भएकोले धेरै कुरामा सफल भएका छौं नि । संकटको बेला धेरै प्रतिफलको आश राख्नु हुँदैन नि । समग्रमा भन्दा कृषि विकास बैंकले काँचुली फेरेको छ । (आर्थिक बजार राष्ट्रिय मासिकबाट साभार गरिएको)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका