जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा

नेपाल फाइनान्स लिमिटेडको १२५ प्रतिशत हकप्रद शेयर आज (मंसिर ४ गते) देखि विक्रीमा आएको छ । कम्पनीले १ बराबर १.२५ को अनुपातमा  १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

मंसिर २४ गतेसम्म विक्रीमा रहने यो हकप्रद शेयरमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि कात्तिक ६ गते एक दिन बुक क्लोज गरेको थियो । यो हकप्रद शेयर विक्री गर्न कम्पनीले असोज १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद शेयर विक्री गर्न भने कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो ।

यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी  १३ करोड ५८ लाख १ हजार रुपैयाँ रहेको छ । हकप्रद पश्चात यो पूँजी  ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सको केन्द्रिय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिने व्यवस्था छ

7645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका