जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सुनकोशी गाँउपालिका (सिन्धुलीे जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाँउपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा बागमती प्रदेशसभाका माननीय सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा सघाउ पुग्ने बताउनुभयो । गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताउनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य तथा विभागीय प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, सहायक प्रबन्धक राजन घिमिरे, प्रकाश राई, गाँउपालिकाका उपाध्यक्ष दिर्व सिं मुक्तान, गाँउपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

7890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका