जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंकहरुले ४.१६ प्रतिशत ब्याज मै नवीकरण गरिदिए सरकारको १० अर्ब ऋण

बैंकहरुले ४.१६ प्रतिशत ब्याज मै नवीकरण गरिदिए सरकारको १० अर्ब ऋण

बैंकहरुले ४.१६ प्रतिशत ब्याजमा नेपाल सरकारको १० अर्बको ऋण नवीकरण गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब ७० करोडको ट्रेजरी बिल बोलकबोल गरेकोमा बैंकहरुले १० अर्ब औसत ४.१६ प्रतिशत ब्याजमा र बाँकी ५ अर्ब ७० करोड औसत ५.१८ प्रतिशतमा बोलबोल गरेका हुन् ।

राष्ट्र बैंकले २८ दिन अवधिको लागि १० अर्ब र ९१ दिन अवधिको लागि ७ अर्ब ७० करोड गरि कुल १७ अर्ब ७० करोड बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गरेको थियो । २८ दिन अवधिको ट्रेजरी बिलको लागि बैंकहरुले न्युनतम २.९७ प्रतिशत र अधिकतम ५.२४ प्रतिशत रकम कबोल गरेका थिए । औसत ब्याजदर ४.१६ प्रतिशत कायम भएको हो । त्यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको लागि न्युनतम ४.५० प्रतिशत, र अधिकतम ५.४७ प्रतिशत कबोल गरेका थिए । औसतमा ५.१८ प्रतिशत ब्याज कायम भएको हो ।

१० अर्बको ट्रेजरी बिलमा बैंकहरुले १२ अर्ब ५६ करोड सम्मको लागि बोलकबोल गरेका थिए भने ७ अर्ब ७० करोडको ट्रेजरी बिलमा बैंकहरुले २१ अर्ब ६० करोडसम्मको लागि बोलकबोल गरेका थिए। यी दुवै अवधिको ट्रेजरी बिलमा ३० वटा बैंक तथा वित्तीय संस्थाले कुल १५४ पटक बोलकबोल पेश गरेका थिए ।

आज तय भएको औसत ब्याजदर १ वर्षको वढीको तुलनामा निक्कै हो । २०७९ साउन ३ गते ट्रेजरी बिल बोलकबोल गर्दा २८ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर औसत ९.३८ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर औसतमा ९.३३ प्रतिशत कायम भएको थियो।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।

बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?