जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम सम्पन्न

“जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बंैक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरुमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु द्घारा बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको समेत सहभागीता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको छ , मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रम बाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य बैंकले लिएको छ ।

यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका